तिलक र सुनमाया अन्नपूर्ण म्याराथनको च्याम्पियन

पोखरा स्पोर्टस । तिलक बहादुर सुनुवार र सुनमाया बुढा पाँचौं सस्करणको अन्नपूर्ण म्याराथनको च्याम्पियन भएका छन् । अन्नपूर्ण आधार शिविर देखि घान्द्रुकसम्मको ४२.१९५ किलोमिटर दूरीमा सम्पन्न प्रतियोगितामा उनीहरु च्याम्पियन भएका हुन् ।

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा नेपाल एडभेन्चर रनिङ फेडेरेशनको प्राविधिक व्यवस्थापनमा अन्नपूर्ण आरोहणको हिरक महोत्सव ७५ वर्ष पुगेको अवसरमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ तिलकले ४ः२४ः०४ सेकेण्डमा दुरी पार गरी च्याम्पियन भए भने नेपाल आर्मीका होमलाल श्रेष्ठ ४ः३०ः४८ सेकेण्डको समय लिंदै दोस्रो भएका छन् । त्यस्तै ४ घन्टा ३३ मिनेट २१ सेकेण्डको समयमा दौड पुरा गरी तेस्रो स्थान हात पारे । यस्तै स्थानियतर्फ सचिन गुरूङले बाजी मारे । उनले ४ घन्टा २६ मिनेट ०३ सेकेण्डमा दौड पुरा गरेका थिए ।

यस्तै महिला तर्फ सुनमाया च्याम्पियन बनिन् । उनले ४ घन्टा ४१ मिनेट २५ सेकेण्डको समयमा दौड पुरा गरिन् भने दोस्रो भएकी राममाया बुढाले ४ घन्टा ५० मिनेट २४ सेकेण्डको समय लिइन् । सुनमाया र राममाया दुबै दिदी बहिनी समेत हुन् । तेस्रो भएकी कल्पना बुढाले ५ घन्टा २ मिनेट ४० सेकेण्डको समय लिइन् ।

प्रतियोगितामा बिजेता खेलाडीहरुले क्रमश नगद रु प्रथमले १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रोले नगद रु ७५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । म्याराथनतर्फ ७ विदेशी धावकसहित ७० जनाले सहभागिता जनाएको रिक्की योञ्जनले जानकारी दिए । कुल ८४ जनाले दर्ता गरे पनि खराव मौसम र स्वास्थ्यका कारण ७ण् जनाले दौड पुरा गरे उनले बताए । जसमा १४ जना महिलाहरुको सहभागिता रहेको थियो ।

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले आयोजना गरेको कार्यक्रममा अन्नपूर्ण पर्यटन पत्रकारीता पुरस्कारबाट रोहितराज पराजुली सम्मानित भए । उनलाई गण्डकी प्रदेशका सांसद प्रकाश बराल, समितिका अध्यक्ष ललित गुरूङ, अग्रज पत्रकार राज बहादुर गुरूङलगायतले नगद रु २५ हजारसहति सम्मानित गरे ।

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतीहरु संगै विभिन्न क्षेत्रका वक्ताहरुले आजको दिन जुन ३ महत्वपूर्ण रहेको बताउँदै यस क्षेत्रको दिगो पर्यटनको विकास संगै सहाशिक खेलकुदको गन्तव्य बनाउनु पर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close