
पोखरा स्पोर्ट्स । नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गरेको जनप्रतिनिधि दौड प्रतियोगिता पोखरामा शनिबार सम्पन्न भएको छ। मञ्चको रजत महोत्सवको अवसरमा आयोजना गरिएको यस प्रतियोगिता ‘१२ महिना १२ कार्यक्रम’ अन्तर्गतको विशेष गतिविधिको रूपमा सम्पन्न भएको हो ।
प्रतियोगितामा पोखरा महानगरपालिकाका पुरुष तथा महिला जनप्रतिनिधिहरुको उत्साहजनक सहभागिता रह्यो । दौडका रेस डाइरेक्टर तथा मञ्चका पूर्व अध्यक्ष तेजबहादुर गुरुङले मासिक र साप्ताहिक दौडहरूलाई निरन्तरता दिँदै विशेष कार्यक्रम स्वरूप जनप्रतिनिधिको दौड समावेश गरिएको जानकारी दिएका छन् ।
दौडमा पुरुष जनप्रतिनिधि तर्फ वडा ७ का वडा अध्क्षय राम मोहन आर्चाय पहिलो, वडा नं २० का अध्यक्ष गन्जमान गुरुङ दोस्रो, वडा १५ का वडा अध्क्षय तोरण बानियाँ तेस्रो, वडा ८ का जनप्रतिनिधि गोविन्द बराल चौथो र वडा १० का जनप्रतिनिधि पुर्ण चन्द्र न्यौपानेले पाचौँ स्थान प्राप्त गर्न सफल भए ।
त्यस्तै महिला जनप्रतिनिधि तर्फ सुनिता सुनार वडा ७ बाट पहिलो, वडा १ कि शोभा गुरुङ दोस्रो ,वडा ८ कि पवित्रा केसी तेस्रो, वडा १७ कि राधिका योगी शाहीले चौथो स्थान प्राप्त गर्दा वडा १३ कि सुचित तामाङले पाचौँ स्थान प्राप्त गरिन ।
यस्तै नियमित ५ किमि छात्रा तर्फ ऐन्जिला जिटी पहिलो, मिना परियार दोस्रो,करिस्मा तिवारी तेस्रो, आर्या पोख्रेल चौथो र उपास्ना गुरुङले पाचौँ स्थान प्राप्त गर्न सफल भइन् भने छात्रतर्फ प्रेम परियार पहिलो, आयुष सुनार दोस्रो, जोसन राई तेस्रो अमिन नेपाली चौथो हुदा विवेक परियारले पाचौँ स्थान प्राप्त गर्न सफल भए ।
कार्यक्रममा कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले मञ्चको दीर्घकालीन योगदानको प्रशंसा गर्दै यस प्रकारका गतिविधिहरूले स्थानीय खेलकुद क्षेत्रलाई थप उर्जा दिने बताए ।
मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले संस्था आफ्नो २५ औं वर्ष प्रवेशमा रजत महोत्सव वर्षभर विविध कार्यक्रमसहित मनाइने जानकारी दिए ।
कार्यक्रममा विभिन्न वडाका अध्यक्ष तथा नगर प्रवक्ता मोती प्रसाद तिमिल्सिनासहित उल्लेखनीय उपस्थिति रहेको थियो । जसमा वडा ३ का प्रकाशमान उदास, वडा ११ का प्रेम कमचार्य, वडा २७ का पूर्व बहादुर गुरुङ, वडा २५ का मोति तिमिल्सिना, वडा १ का साहारा प्रधानलगायत सहभागी थिए ।
