
पोखरा स्पोर्टस । पीएसजीका फरवार्ड ओसमान डेम्बेले यस सिजनको युइएफए च्याम्पियन्स लिगको ‘प्लेयर अफ द सिजन’ अर्थात उत्कृष्ट खेलाडी बनेका छन् ।
डेम्बेलेले पिएसजीलाई क्लबको इतिहासकै पहिलो च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
२८ बर्षिय डेम्बेलेले यस सिजनको च्याम्पियन्स लिगमा पिएसजीका लागि ८ गोल र ५ असिस्ट गरेका थिए ।
पिएसजीले फाइनलमा इन्टर मिलानलाई ५(० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।
एभरेष्ट न्यूज एजेन्सी
