
पोखरा स्पोर्टस । पाकिस्तानले बंगलादेशविरुद्धको टी–२० सिरिज क्लीनस्वीप गरेको छ । गएराती सम्पन्न सिरिजको तेस्रो तथा अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो ।
बंगलादेशले दिएको १९७ रनको लक्ष्य पछाएको पाकिस्तानले १७.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्यपुरा गरेको थियो ।
पाकिस्तानको जितमा मोहमद ह्यारिसले १०७ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै सैम आयुबले ४५ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाउदै १९६ रन बनाएको थियो ।
यो जितपछि पाकिस्तानले ३ खेलको सिरिजमा क्लीन स्वीप गरेको छ । यसअघि पाकिस्तानले पहिलो खेल ३७ रन र दोस्रो खेल ५७ रनले जितेको थियो ।
एभरेष्ट न्यूज एजेन्सी
