‘माउन्ट अन्नपूर्ण एसइई बास्केटबल’ सेमीफाइनल समिकरण पुरा

पोखरा स्पोर्टस । पोखराको ३ नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक बिद्यालयमा पाचौँ माउन्ट अन्नपूर्ण एसइई बास्केटबल प्रतियोगितामा शुक्रवार सेमीफाइनल सकिरण पुरा भएको छ ।

प्रतियोगिता अन्तर्गत बेनपा, घान्द्रुक, वियुजी र गलेश्वर ह्वाइट अन्तिम चारमा प्रवेश गरेका छन् । खेल संयोजक अशोककुमार शाहीका अनुसार शनिवार सेमिफाइनल र फाइनल खेल हुनेछन् ।

कुल २० टिमको सहभागिता रहेको प्रतियोगितामा छात्र तर्फ प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १० हजार सहित क्रमशः मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् भने प्रतियोगितामा छात्रा तर्फ प्रथम हुनेले १५ हजार,दोस्रो हुनेले ८ हजार सहित क्रमस मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा मष्ट भ्यालुएबल छात्र–छात्राले दुई–दुई हजार प्राप्त गर्दा टप स्कोररले छात्र–छात्राले समान एक–एक हजार रुपैँया प्राप्त गर्ने छन् ।

यसै बिच बिद्यालयले यहि अबधिमा पहिलो पटक निशुल्क होटेल म्यानेजमेन्ट वर्कसपलाई पनि जारी राखेको छ । जस अन्तरर्गत होटेल म्यानेजमेन्ट तर्फ हाउस किपिङ, कफि वारिष्टा, वार, किचेन प्राक्टिस र बेकरीको प्रत्यक्ष अभ्यासमा करिव १०० जना विद्यार्थीको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close