नेकोस फुटबल संघ गण्डकीले दियो जिम्मेवारी

पोखरा स्पोर्टस । नेपाल खेलकुद महासंघ गण्डकी प्रदेश अन्तरगत गठित नेकोस फुटबल संघ गण्डकीले चार जिल्लामा इन्चार्ज तोकेको छ ।

संघको पोखरामा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । संघका अध्यक्ष रमेश कार्कीको अध्यक्षमा सम्पन्न बैठकले अध्यक्ष कार्कीलाई कास्की, इश्वर पराजुलीलाई स्याङजा, एकराम थापालाई नवलपुर र लमजुङको लागि सिजन श्रेष्ठलाई इन्चार्ज तोकेको जनाएको छ ।

यसै गरी बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत हालै सम्पन्न फुटबल छनोटमा महिला तर्फ स्याङजा र पुरुषततर्फ नवलपुरले स्वर्ण पदक जित्न सफल भएकोमा बधाई ज्ञापन समेत गरेको छ भने नेकोस गण्डकी फुटबल संघको कार्यसमिति सदस्यमा विक्की गुरुङ र सिपी ढुङ्गानालाई थप गर्ने निर्णय समेत गरेको छ ।

साथै नेकोस गण्डकीका अध्यक्ष विष्णु पुन, नेकोस फुटबल संघका अध्यक्ष रमेश कार्की, नेकोस कास्कीका अध्यक्ष दुर्गादत्त पोखरेल कास्कीका विभिन्न निर्वाचन क्षेत्रबाट आगामी प्रदेश शभाको निर्वाचनका लागि मनोनयनमा परेकोले बधाई समेत दिएको छ भने नेकोस फुटबल संघ गण्डकीका सचिव विष्णु कुमार गुरुङको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close