नवनिर्वाचित एनएसजेएफ टोलीलाई एनओसीको बधाइ तथा शुभकामना

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले बधाई एवं स्वागत गरेको भोली पल्टै नेपाल ओलम्पिक कमिटी (एनओसी)ले बुधबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना दिएको छ ।

नेपाली खेलकुदको मुख्य नेतृत्व बोकेका दुबै संस्था राखेप र एनओसी यतीबेला पानीबाराबारको स्थितीमा छन् । दुबै संस्थाहरु बीच नितिगत रुपमा पटक पटक बैमन्यस्ता रहँदै आए पनि यति बेलाको स्थिती भने नेपाली खेलकुदमा हाल सम्मै लामो हो । यसै बीच एक दिनको छेको पार्दै राखेप र एनओसीले बधाई दिएका छन् । 

एनओसी द्वारा आयोजित बधाइ तथा शुभकामना कार्यक्रममा एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिक अभियानलाई प्रवर्द्धन गर्न यी दुवै संस्थाले आआफ्नो दायरा भित्र रहेर सहकार्य गर्दै आएको बताएका छन् । एनओसीलाई लिएर अहिले भइरहेको विवादमा पक्षविपक्षबिचको सीमाङ्कन ‘क्लियर’ गरेर नेपाली खेलकुदलाई स्थापित गर्नुपर्ने उनको भनाई थियो ।

अध्यक्ष श्रेष्ठले नेपालको खेलकुदलाई सही बाटोमा लग्न, नेपाली खेलाडीलाई उन्नत बनाउन र खेलको महत्वलाई बुझाउन जिम्मेवारीपूर्वक अगाडि बढीरहेको भन्दै नेपाली खेल पत्रकारहरुको प्रशंसा पनि गरे ।

यसैगरी एनओसीका महासचिव राजीव श्रेष्ठले सरकारी निकायमा रहेका व्यक्तिको अहंमता र अदुदर्शीताले नेपाल खेलकुदमा समस्या रहेको र खेलाडीको भविष्य अन्यौलमा परेको बताए । आफूहरु सरकार विरोधी नभएको र सरकारसँग हातेमालो गरेर नेपाली खेलकुदलाई विश्वसामु लग्न र खेलाडीहरुको हकहितका लागि काम गर्न चाहेको र यसका लागि सरकारबाट सकारात्मक सहयोगको अपेक्षा राखेको बताए ।

एनएसजेएफका नवनिर्वाचित अध्यक्ष निरञ्जन अधिकारीले एनओसी र एनएसजेएफ अन्तर्राष्ट्रिय संरचनमा हेर्दा समान प्रकृतिको संस्था हो भन्नुहुँदै यी दुई संस्थाको सहकार्यको शृङखला लामो भएको बताए ।

नेपाल खेलकुद पत्रकार मञ्च अन्तर्राष्ट्रिय मायन्ता प्राप्त ओलम्पिक कमिटी सँग सँधै सहकार्य गर्दै आएको र विगतमा यस्तै समस्याले नेपालको अन्तर्राष्ट्रिय सहभागिता अन्यौलमा परेको बेला एनएसजेएफले पहलकदमी गरेको स्मरण समेत गरे ।

अध्यक्ष अधिकारीले पत्रकारिताको स्वरुप फरक भइरहेको अहिलेको डिजिटल युगमा नेपाली खेल पत्रकारहरु अझ क्षमतावान बनाउन आफ्नो प्रयास रहने भनाई राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close