
पोखरा स्पोर्टस । प्रकृती, सहासिक तथा संस्कृती संग सम्बन्धित खेल संघहरुको महासंघ पर्वतिय खेलकुद महासंघको चौँथो साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै राखेपका सदस्यसचिव सिलवालले नेपाल सहासिक तथा पर्यटकीय खेलको विश्व कै केन्द्र बन्ने सम्भावना रहेको हुँदा महासंघले त्यस तर्फ ध्यान दिनुपर्ने सुझाव दिए । महासंघले आफ्नो क्रियाशीलता अब प्रदेशतहमा बढाउनु पर्ने भन्दै कार्यक्रम र कार्यालय समेतको लागि आवश्यक सहयोग राखेपले दिने प्रतिबद्धता व्यक्त गरे । सदस्य सचिब सिलवालले २०२२ मा नेपालमा सहासिक तथा पर्यटकीय खेलकुदको वार्षिक महोत्सब समेत आयोजना गर्न सकिने हुँदा महासंघलेत्यसको लागि तयारी गर्न थाल्न समेत अनुरोध गरे ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठले अब महासंघले दिर्घकालिन रणनीतिका साथ अगाडी बढ्नु पर्ने बताए । त्यस्तै, इन्स्ट्यिुट अफ स्पोर्ट्स साइन्स एण्ड रिसर्च नेपालका उपाध्यक्ष तथा राखेपका बोर्ड सदस्य रिम बहादुर रानाभाटले महासंघको सकृयता अन्य संगठनले पनि अनुकरणिय मान्न सक्ने विचार व्यक्त गरे । साधारणसभामा शुभकामना दिदैँ हिसानका सचिव रामहरी सिलवालले विद्यालय र कलेज खेलकुदका आधारभूमि भएकोले राखेप तथा महासंघले सहकार्यको प्रस्ताव गरेमा आफु सदैव तयार रहेको बताए ।
ट्रेकिङ्ग एजेन्सी एसोसिएसन अफ नेपालका महासचिव सरिता लामाले सहासिक पर्यटन र शाहसिक खेलकुद एकै सिक्काका दुई पाटा भएको हुँदा आगामी दिनमा सहकार्य हुँदा नेपाली पर्यटन उद्यमलाई नै ठूलो फाइदा पुग्ने बताए । सदस्य संघहरुको तर्फबाट नेपाल साइक्लिङ्ग संघका अध्यक्ष गोपाल कक्षपति, नेपाल आइस हकी एसोसिएसनका अध्यक्ष भूवन पाठक, स्केटिङ्ग एण्ड स्केटबोर्डिंग संघका अध्यक्ष अच्युत खनाल, नेपाल इक्विस्टेरियन संघका अध्यक्ष रवि राजकर्णिकार र नेपाल आर्चरी संघका महासचिव तथा नेपाल आल्मपिक कमिटीका सदस्य रमेश सिवाकोटी समेतले आ—आफ्नो धारणा राखेका थिए ।
त्यस्तै, नेपाल गल्फ संघको तर्फबाट किसन अग्रवाल, र्याफटिङ्ग एण्ड क्यानोनिङ्ग संघका राजिव श्रेष्ठ र सुदिप गौतम, नासा नेपालका मधुसुदन सिग्देल, नेपाल एथलेटिक्स एसोसिएसनका विष्णु नेपाल, नेपाल टग अफ वार संघका सुर्य भट्टराईले महसंघको कार्यमा आ—आफ्नो संघको तर्फबाट सक्दो साथ, समर्थन र सहयोग हुने बताउदै विभिन्न सुझावहरु दिएका थिए ।
नयाँ खेलकुद ऐन २०७७ ले सहासिक र पर्यटकीय खेललाई महत्व दिएको तथा खेल मार्फत नेपालको दिगो पर्यटन प्रर्वद्दन गर्ने लक्ष्य राखेको सन्दर्भमा यस साधारणसभाले महासंघलाई एउटा नयाँ दिशा विश्वास रहेको अध्यक्ष भट्टराईले बताएका छन । कार्यक्रममा महासंघका महासचिव संजिव कुमार पाण्डेले प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए भने अध्यक्ष गोविन्द भट्टराईले आगामी कार्यक्रम र कोषाध्यक्ष किसन अग्रवालले सो कार्यक्रमको लागि बजेट प्रस्तुत गरेका थिए ।
खेलाडी तथा प्रशिक्षकको डाटाबेस सिस्टम, संघ÷क्लब तथा इभेन्टलाई आवद्धता, पर्वतीय खेलकुद महोत्सवको आयोजना, विश्व वातावरण तथा विश्व पर्यटन दिवस, हेटौडा रन लगायतको कार्यक्रम पारित गरिएको संघले जनाएको छ । त्यस्तै, इन्द्रसरोवर वाटर फेस्टिभल, पर्यटकीय खेलको अध्ययन, रारा फेस्टिभल, हेरिटेज साइकल ¥याली, पोखरामा रणनीतिक कार्यशाला तथा दिगो पर्यटनको लागि पोलिसी तहमा लबिङ्ग गर्ने समेत निर्णय समेत गरिएको छ ।
साथै, प्रदेश र संघस्तरिय कार्यक्रमहरु, ब्राण्डिङ्ग तथा अफिस व्यवस्थापन, प्रदेश स्तरिय महासंघ गठन र अन्तराष्ट्रिय आवद्धता तथा कार्यक्रमको समेत निर्णय गरिएको छ । प्राविधिक तालिम सदस्य संघको सुदृढीकारण, रणनीतिक साझेदारको खोजि जस्ता निर्णय गरेको छ । साधारणसभाले सचिवालय गठन, विधान संसोधन समिति, पर्वतीय खेलकुद महोत्सव व्यवस्थापन टिम, पोलिसी र प्लानिङ्ग कमिटि, संगठन तथा प्रशासनिक व्यवस्थापन, ट्रेनिंग टिम, इथ्नोस्पोर्ट्स र चिल्ड्रेन गेमको अध्ययन टिम, अन्तर्राष्ट्रिय परम्परागत आर्चरी प्रतियोगिता व्यवस्थापन टिम तथा मिडिया ओरियन्टेसनको लागि जिम्मेवारी बाँडफाड गर्ने निर्णय गरेको छ ।
