लामाचौर तीज महोत्सवमा १० किलोमिटर दौडको उपाधी एपिएफका जिसीले जिते

पोखरा,
लामाचौरको नव आर्दश सामुदायिक विकास समाजको आयोजनामा पोखराको इन्द्रराज्य लक्ष्मि माविको परिसरमा विहिबार देखि लामाचौर तीज महोत्सव २०७६ सुरु भएकोे छ ।

महोत्सवको अवसरमा आयोजना भएको १० किलोमिटर खुल्ला पुरुष दौड प्रतियोगितामा एपिएफका ओम जिसीले उपाधि जितेकाछन । जिसीले निर्धारित दुरी ३३ मिनेट ८ सेकेण्डमा पार गरी उपाधि सहित नगद १० हजार हात पार्न सफल भएका हुन्। विनोद गुरुङले ३३ मिनेट ३८ सेकेण्डमा उक्त दुरी पार गरी दोश्रो हुदा पुलिसका अनिल विकले ३५ मिनेट ३५ सेकेण्डमा उक्त दुरी पपार गरी तेश्रो भएका हुन् । दोश्रो हुनेले ७ हजार, तेश्रो हुुनेले ५ हजार र शान्त्वना भएका दिलिप बुढाथोकीले ५ हजार पुरस्कारको साथमा शिल्ड मेडल तथा प्रमाण—पत्र जितेका छन ।

त्यसै गरी विहिबार देखि अन्तर बिद्यालय स्तरिय छात्रा भलिवल प्रतियोगिता सुरु भएको छ । विहिबार भएको खेलमा विन्ध्यवासिनी माविलाई कास्की मोडनाइज बी ले वाकओमरमा सहज जित दिएको छ । करुणा निधी एजुकेशन फाउण्डेसनले न्यू ग्यालेक्सि एकेडेमीलाई २५—१९, २५—१० को सोझो सेटमा पराजित गरेको हो ।

अर्को खेलमा सृजना माविले इन्द्रराज्य लक्ष्मि माविलाई २५—२३, २५—२० को सेटमा पन्छायो । कास्की मोडनाइज ए ले गोर्खा बोर्डिङलाई २५—१७, २५—२१ को सोझो सेटमा पराजित गर्यो । टप्स माविले विन्ध्यवासिनी माविलाई २५—१७, २५—१० को सोझो सेटमा पन्छायो । शुक्रबार विभिन्न खेलहरु हुने भएको खेल संयोजक शुसिल कुमार श्रेष्ठले बताए ।

त्यसै गरी ५ किलोमिटर छात्रा दौडमा गौरी शंकर माविकी ओम माया थगामीले उपाधि जितिन । उनले निर्धारित दुरी २३ मिनेट २६ सेकेण्डमा पार गरेकी हुन । प्रतियोगितामा एरोविक ट्रेनिङ सेन्टरकी प्रतिक्षा सुवेदी दोश्रो र जेएमसीकी सुनिता भट्टराई तेश्रो भइन ।

गत बर्षमा इन्द्रराज्य लक्ष्मि माविबाट एसईईमा उत्कृष्ट अंक ल्याउने नारायण श्रेष्ठ र मनिसा गुरुङलाई महोत्सव उद्घाटनको अवसरमा सम्मान गरिएको महोत्सवका प्रचार संयोजक बुद्धि बहादुर खत्री क्षेत्रीले बताए । “मौलिक संस्कृतिको जगेर्ना गरौँ” भन्ने उद्घोषका साथ आयोजित महोत्सवमा बैंकिङ, रेष्टुरेण्ट, वाल उद्यान, लगायतका करिब ४० वटा व्यापारिक स्टलहरु रहेको समाजले जनाएको छ ।

पोेखराको लामाचौर तीज महोत्सव २०७६ को अवसरमा आयोजना हुने राष्ट्रिय महिला भलिवल प्रतियोगितामा डिफेन्डीङ्ग च्याम्पियन शसस्त्र प्रहरी वल (एपिएफ) सहित ६ टिमको सहभागिता हुने भएको छ । भदौं १४ देखि १६ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा दुई विभागिय सहित ६ टिमको सहभागिता हुने भएकोे समाजले जनाएको छ । विभिन्न कलाकारहरुद्वारा साँस्कृतिक कार्यक्रमको प्रस्तुति, एवं विभिन्न विद्याका श्रष्टा सम्मान जस्ता कार्यक्रम रहने भएको सांस्कृतिक संयोजक दील बहादुर थापाले बताए ।

यही भदौं १६ गतेसम्म संचालन हुने उक्त महोत्सवको विहिबार एक समारोहका बिच गण्डकी प्रदेशका उप—सभामुख सृजना शर्माले उद्घाटन गरेकी हुन् । कार्यक्रम समाजका अध्यक्ष कमल बहादुर थापाको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close