गणतन्त्र दिवसमा गण्डकीका कर्मचारीहरू ब्याडमिन्टनमा भिड्दै

पोखरा स्पोर्टस । गणतन्त्र दिवसका अवसरमा गण्डकी प्रदेश अन्तर्गत विभिन्न कार्यालयका कर्मचारीहरु ब्याडमिन्टन प्रतियोगितामा भिड्ने भएका छन् ।

गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको आयोजना प्रदेश खेलकुद परिषद गण्डकीको संयोजनमा ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको हो ।

प्रदेश खेलकुद परिषद् गण्डकीबाट प्राप्त जानकारी अनुसार प्रतियोगिता २०८२ जेष्ठ १३ र १४ गते पोखरा रंगशालाको ब्याडमिन्टन हलमा सञ्चालन हुनेछ ।

उक्त प्रतियोगिता प्रदेश सरकार मातहतका सबै मन्त्रालय, कार्यालयहरू तथा सम्बन्धित निकायबाट पुरुष तथा महिला खेलाडीहरूको एकल युगल टोलीको सहभागिता रहनेछ ।

सो प्रतियोगिताको व्यवस्थापन जिल्ला खेलकुद विकास समिति कास्कीमार्फत हुने जनाइएको छ । सहभागी टोलीहरूको दर्ता प्रक्रिया जिल्ला खेलकुद कास्कीमा हुने परिषदले जनाएको छ ।

बिजेता टिम तथा खेलाडीहरुलाई नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने परिषदका सदस्य सचिब श्रीधर शर्माले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close