
पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा तनहुँ जिल्लाको पर्यटकिय गन्तव्य बन्दिपुरमा ‘तेस्रो त्रैमासिश समिक्षा एवं अभिमुखीकरण’ शनिबारबाट सुरू भएको छ ।
हालै गण्डकी प्रदेशका विभिन्न जिल्लामा मनोनयन भएका जिल्ला खेलकुद विकास समितिका पदाधिकारीहरुलाई लक्षित गर्दै सो कार्यक्रम तय गरिएको परिषदले जनाएको छ ।
सो कार्यक्रमको एक कार्यक्रमका बीच गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले गरे ।
उद्घाटन कार्यक्रममा मन्तव्य दिँदै मन्त्री थापाले नव-मनोनित पदाधिकारीहरूका लागि खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण जिम्मेवारी थपिएको उल्लेख गर्दै, साझा उद्देश्य प्राप्तिका लागि एकजुट भई अघि बढ्न आग्रह गरे ।
उनले भने, “यहाँहरू नयाँ हुनुहुन्छ, तर सबैको साझा उद्देश्य एउटै हो-खेलकुदको विकास । संस्थाको उद्देश्य प्राप्तिका लागि एकजुट भएर अघि बढ्नुस्, मन्त्रालय पूर्णरूपमा सहयोग गर्न तयार छ ।”
खेलकुद गण्डकी प्रदेशको पहिचान दिलाउने एक मात्र बलियो माध्यम भएको बताउँदै मन्त्री थापाले भने, “खेलकुद क्षेत्रको भविष्य उज्ज्वल छ । गण्डकीलाई विश्वसामु चिनाउने मुख्य माध्यम खेलकुद नै हो । त्यसैले खेलकुदको विकास र प्रवर्द्धनमा हामी सबैले साझा अभियानका रूपमा जुट्न आवश्यक छ ।”
प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा परिषदका उपाध्यक्ष धोज कुमार गुरूङ, महाशाखा प्रमुख राम प्रसाद आचार्यलगायतको सहभागिता रहेको थियो ।
दुई दिन सम्म सञ्चालन हुने सो कार्यक्रममा ११ जिल्लामा नै जिल्ला खेलकुदमा सक्षम नेतृत्व विकासका लागि अभिमुखिकरण प्रदान गरिने परिषदका लेखा प्रमुख निलकण्ठ ढकालले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
