राखेपले भन्यो जिल्ला खेलकुद गोरखाले पेश गरेका विल अनाधिकृत र झुठो

गोरखा अध्यक्ष बस्नेत भन्छन–भोली हामी पुनः पत्रकार सम्मेलन गर्छौ

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गोरखा जिल्ला खेलकुद विकास समितिले पेश गरेका बिल अनाधिकृत र झुठो रहेको र भुक्तानी नहुने भन्दै विज्ञप्ती जारी गरेको छ ।

नवौं राष्ट्रिय खेलकुदको रकम नपाएको भन्दै बुधबार जिल्ला खेलकुद गोरखाले पत्रकार भेटघाट गरी रकम नै सार्वजनिक गरे पछि त्यसको जवाफमा राखेपले जिल्ला खेलकुदका अध्यक्षले पेश गरेका विल अनाधिकृत भन्दै उनलाई प्रतियोगितामा खर्च गर्ने कुनै अख्तियारी नदिएको जनाएको हो ।

राखेपद्वारा भनिएको छ–“प्रतियोगिताका लागि जिल्ला खेलकुदका अध्यक्षलाई खर्च गर्ने कुनै अख्तियारी नै नभएको र निजले पेश गरेका विल अनाधिकृत भएकोले राखेपबाट अस्विकृत भएको हो ।” “अख्तियारी नै नभएको व्यक्तिले पेश गरेका वील भुक्तानीको दायित्व परिषदमा नहुने भएकोले झूठो दावीको खण्डन गरिएको छ” राखेपले भनेको छ । विभिन्न शिर्षकमा २ लाख रुपैयाँ भुक्तानी भइसकेको समेत राखेपले जनाएको छ ।

यस बारे गोरखा जिल्ला अध्यक्ष शान्तसिंह बस्नेतले रकम भुक्तानी दिने विषयमा राखेपले आफू माथी बखेडा झिकेको बताए । खर्च गराउने बेलामा आश्वासन बाँड्दै खर्च गर्न लगाएको बताउँदै उनले सबै खर्चका बिलहरु भुक्तानीका लागि क्षेत्रिय खेलकुद मार्फत राखेपमा पठाएको बताए । उनले भने–“भुक्तानी दिने पेश गरेको फायल नै हराए पछि राखेपले नै नयाँ बखेडा झिकेको हो । अरु केही होइन ।”

यस बारे आफूले विहिबार पुनः पत्रकार सम्मेलन गरी अझै पर्दाफास गर्ने बताए । उनले भने–“राखेपले जिल्ला खेलकुदको अध्यक्षलाई अनाधिकृत भन्ने कुनै अधिकार नै छैन । हामीले आ–आफ्नो मर्यादामा बसेर काम गर्ने हो । हामी खेलकुद विकासका लागि आएका हौं । राखेप संग पौंठेजोरी खेल्न होइन ।” तिर्नु पर्ने दायित्व राखेपले नतिरेर नै यो विवाद आएको बताउँदै उनले यस बारे भोली स्पष्ट पार्ने बताए । उनले प्रश्न गर्दै भने–“हामीले पेश गरेको फायल कसरी राखेपबाट गायब भयो ? यसको जवाफ राखेपले दिनुपर्ने हो की होइन ?”

थप पढनुहोस
राखेपले नवौं राष्ट्रिय खेलकुदको रकम भुक्तानी नगरेकोमा जिल्ला खेलकुद गोरखाको ध्यानाकर्षण
https://pokharasports.com/2023/07/12/43935/

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close