ओसिए द्वारा निलेन्द्रराज र रविराज कारवाहीमा, परे ९० दिने निलम्वनमा

पोखरा स्पोर्टस । ओलम्पिक काउन्सिल अफ एशिया (ओसिए) को कार्यकारी बोर्डले नेपाल ट्रायथोलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ र नेपाल घोचढी संघका अध्यक्ष रबीराज कर्णीकारलाई ओलम्पिकको मर्म विपरित कार्य गरेको जनाउँदै ओसिए आचार-संहिता समिति (एथेक्स् कमिटि) मा सिफारिस गर्ने निर्णय गरेको छ।

२७ अप्रिल २०२५ मा बसेको ओसिए कार्यकारी बोर्डको बैठकले, नेपाल ओलम्पिक समितिको ९ अप्रिल २०२५ को साधारण सभाको निर्णयअनुसार, श्रेष्ठ र कर्णिकार लाई राष्ट्रिय ओलम्पिक समिति तथा नेपाली खेलाडीहरूको हितविपरीत कार्य गरेको र ११ मार्च २०२५ मा भएको बैठकमा ओसिएको निर्देशन नमानिएको भन्दै उनीहरुलाई अनुसन्धानका लागि सिफारिस गरेको नेपाल ओलम्पिक कमिटिले जनाएको हो ।

ओसिएको आचारसंहिता समितिको ८ मे २०२५ मा सम्पन्न बैठकले श्रेष्ठ र कर्णिकार लाई ९० दिनका लागि ओसिएका सबै गतिविधि, कार्यक्रम तथा समारोहहरू बाट अस्थायी रूपमा निलम्बन गर्ने निर्णय समेत सर्वसम्मतिले गरेको छ । उक्त निर्णय ओसिएको १२ मे २०२५ को महासभाले पनि सर्वसम्मतिले अनुमोदन गरेको छ ।

अब केही दिनभित्रै दुबैजनालाई ओसिएको प्रमुख आचारसंहिता तथा पालना अधिकृतमार्फत समितिको बैठकमा उपस्थित गराइने भएको ओसिए आचारसंहिता समितिका अध्यक्ष जेवेन्द्रनाथ सराङ्गी पत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close