राखेप द्वारा ‘ओलम्पिकमा नेपाल’ प्रकाशित, गरियो विमोचन

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ओलम्पिकमा नेपाल’ नामक पुस्तक प्रकाशन गरेको छ ।

राखेप द्वारा प्रकाशित सो पुस्तक एक कार्यक्रम वीच सदस्य सचिव टंकलाल घिसिङ तथा ओलम्पियनहरु बैकुण्ठ मानन्धर, जितबहादुर केसी, दिपक विष्ट, विष्णु बहादुर सिंहलगायत १५ जना ओलम्पियनहरुले संयुक्त रुपमा विमोचन गरे ।

राखेप द्वारा प्रकाशित पुस्तकमा ओलम्पिकमा नेपाल सहभागी भएको सन १९६४ देखि देखि २०२४ सम्मको इतिहास समेटिएको छ ।

पारालिम्पिक, समर तथा ग्रीष्मकालिन ओलम्पिक र युथ ओलम्पिकमा नेपालबाट सहभागी भएका खेलाडीहरुको संक्षिप्त जानकारी तथा उपलव्धी समेटेर पुस्तक प्रकाशन गरिएको राखेप प्रचार शाखा प्रमुख खुशराज दाहालले जानकारी दिएका छन् ।

पेरिस ओलम्पिकलाई केन्द्र बनाएर प्रकाशित भएको पुस्तकमा हाल सम्म सहभागी भएका सबै खेलाडीहरुको विवरण समेटिएको छ । जसले नेपाली खेलकुदको इतिहासलाई जिवन्त राख्न सहयोग पुग्ने परिषद्का सदस्य सचिव घिसिङले बताए ।

ओलम्पिकमा चार पटक सहभागि ओलम्पियन बैकुण्ठ मानन्धरले पुस्तकले खेलाडीहरु संगै नागरिक सम्म पुर्‍याउन सहयोग पुग्ने बताए ।

कार्यक्रममा ओलम्पियन संघका अध्यक्ष दीपक बिष्टले पुस्तक परिषद्को महत्वपूर्ण सम्पती भएको उल्लेख गरे । पुस्तक लेखनमा खेलकुद पत्रकारहरु ध्रुव तुलाधर तथा रोशन राउतले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषदले ओलम्पिकमा नेपाल, एशियाडमा नेपाल र राष्ट्रिय खेलकुदको इतिहास तथा बार्षिक दर्पण सहित पछिल्लो तीन बर्षमा पाँच वटा पुस्तक प्रकाशन गरि सकेको प्रचार शाखा प्रमुख दाहलले जानकारी दिए ।

सोही कार्यक्रममा मिशन २०२६ अन्तर्गत बिशेष प्रशिक्षणमा रहेका खेलाडीहरुलाई उत्प्रेरणा कार्यक्रम गर्नुका साथै खेल समाग्री समेत वितरण गरिएको राष्ट्रिय टिम तयारीका उपनिर्देशक दीपक श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close