जनप्रियलाई यू–१६ विद्यालयस्तरीय टि२० क्रिकेट उपाधि

पोखरा स्पोर्टस । यू १६ विद्यालयस्तरीय टी २० क्रिकेट प्रतियोगिताको उपाधि जनप्रिय सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको फाइनल प्रतिस्पर्धामा जनप्रियले सृजना बोर्डिङलाई ९ विकेटले पराजित गर्दै उपाधि उचाल्यो ।

सृजनाले पहिलो इनिङ शुरु गर्दै ८७ रनको लक्ष्य प्रस्तुत गर्यो । अघिल्लो खेलमा निकै उत्कृष्ट व्याटिङ गरेका सोनु यादवले ३२ रन बनाए । उनले २३ बल खेल्दै ५ चौका प्रहार गरे । उनको प्रतियोगिता अवधिमै उत्कृष्ट व्याटिङ देख्न पाईयो । त्यस्तै किरण क्षत्रीले केवल ७ रन मात्रै बनाए । टस हारेर व्याटिङ गरेको सृजनालाई सस्तैमा समेटन् जनप्रियका मौसम भट्टराईले ३ विकेट लिए ।

८७ रनको लक्ष्य पछ्याएको जनप्रियका ओपनर यथार्थ पौडेल र मौसम भट्टराईको जितको आधार तयार बनाईदिए । पौडेलले ३३ बलमा ८ चौका सहित ३९ रन बनाए । भट्टराईले पनि २५ रन बनाउन ३७ बल खेले । प्रतियोगितामा कास्कीका ५ विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा हिमालयन बोर्डिङका सुदर्शन कोईराला बेष्ट बलर घोषित भए । जनप्रियका मौसम भट्टराइ (११११ रन) बेष्ट व्याटर घोषित भए । उनी प्लेयर अफ दि सिरिज समेत बने । फाईनल खेलको प्लेयर अफ दि म्याच पनि भट्टराई नै घोषित भए ।

विजेता तथा उपविजेता विद्यालयलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य डा.मधुसुदन सुवेदी, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देल, गण्डकी प्रदेशका क्रिकेट प्रशिक्षक रिजन प्रजु तथा प्रतियोगिताका संयोजक जिम्मी गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए ।

कास्की जिल्ला क्रिकेट संघले सोमबारदेखि अण्डर १६ को लागि खुल्लासत्रको प्रशिक्षण शुरु गर्ने जनाएको छ । संघका सदस्य कमल थापामगरका अनुसार दुई दिनको खुल्लासत्रपछि छनोट गरिएको खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने छ । बन्द प्रशिक्षणबाट प्रदेशमा सहभागिता जनाउने कास्कीको टिम तयार पारिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close