सविनको अध्यक्षतामा लोकतान्त्रिक ब्याडमिन्टन संघ गठन

पोखरा स्पोर्ट्स । नेपाली काँग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघको विधानको भाग १० को धारा ४१ को उपधारा ३ बमोजिम लोकतान्त्रिक खेलकुद संघ मातहत रहने गरि सबिन  ढुङ्गेलको अध्यक्षताामा लोकतान्त्रिक ब्याडमिन्टन संघ, नेपालको गठन भएको छ ।

नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सचिव राजु विक्रम थापाको प्रमुख आतिथ्यता, लोकतान्त्रिक खेलकुद संघको प्रतिनिधी केन्द्रिय सदस्य एवं प्रवक्ता दामोदर अर्याल तथा केन्द्रिय सदस्य अनिल अधिकारीको उपस्थितीमा भएको अधिवेशनले ढुङ्गेलको अध्यक्षतामा २७ सदस्यीय संघ गठन गरेको हो ।

संघको बरिष्ठ उपाध्यक्षमा दान बहादुर तामाङ्ग, उपाध्यक्षमा दिपेन्द्र बस्नेत, महासचिवमा इन्द्र दाहाल, उपमहासचिवमा इश्वर आचार्य, सचिवमा रण बहादुर ऐरी, सहसचिवमा राजेन्द्र तामाङ्ग, कोषाध्यक्षमा सन्तोष श्रेष्ठ र सहकोषाध्यक्षमा अभिषेक चालिसे रहेका छन् ।

नेपाली काँग्रेस केन्द्रिय कार्यालय सानेपमा भएको अधिवेशनबाट संघको सदस्यहरुमा सुनिल होना, प्रतिक श्रेष्ठ, राम राई, विसन श्रेष्ठ, राजु राई, धनबहादुर भण्डारी, गोपाल श्रेष्ठ, प्रज्वल घिमिरे, सरद तामाङ्ग, कृष्टिना प्रजापती, निरुपा श्रेष्ठ, राजेन्द्र महर्जन, सरुषा मगर, निरन जोशी, ओम प्रकास घिमिरे, बिष्णु गोपाल गड्तौला, केदार प्रसाद आचार्य र रविन्द्र महर्जन रहेका छन् ।

गठन पश्चान अध्यक्ष ढुङ्गेलले नेपाल लोकतान्त्रिक खेलकुद संघको मुल्य र मान्यता भित्र रहि नेपाली काँग्रेस र लोकतन्त्र प्रति आस्थावान ब्याडमिन्टन खेलाडी तथा खेलकर्मीहरुलाई समेट्दै लोकतान्त्रिक पद्धतीबाट ब्याडमिन्टन खेलको विकास र विस्तारमा दत्तचित्त भएर लाग्ने बताए । उनले हाल छुटेका लोकतन्त्रबादी साथीहरुलाई आगामी दिनमा समेटेर ब्याडमिन्टन खेलको विकासमा हातेमालो गर्दै अगाडी बढ्ने बताए ।

लोकतान्त्रिक ब्याडमिन्टन संघ नेपाल लोकतान्त्रिक खेलकुद संघ अन्तरगतको पहिलो खेलगत संघ भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close