पोखरा मालेपाटनमा बन्ने भयो कभर्डहल, वडा अध्यक्ष बरालले गरे शिलान्यास

पोखरा स्पोर्टस । पोखराको चर्चित खेल मैदान मध्येको एक मालेपाटन खेल मैदानमा कभर्ड हल निर्माण हुने भएको छ ।

निर्माण हुन लागेको कभर्डहलको बिहिबार पोखरा महानगर पालिका वडा नं ५ का अध्यक्ष विष्णु प्रसाद बरालले शिलान्यास गरेका छन् । संघिय सरकारको बजेटमा निर्माण सुरू गरिएको सो कभर्डहल ३१ मिटर लम्वाई र २० मिटर चौडाईको हुने उनले बताए ।

करिव तीन करोडको लागतमा निर्माण हुने कभर्डहलको पहिलो चरणमा १ करोड खर्च गरिने भएको छ । कभर्ड हल निर्माण सम्पन्न भए संगै व्याडमिन्टन, टेवुल टेनिस, भलिबल, मार्शल आर्टलगायतका प्रतियोगिता हरुको सहज आयोजना र सञ्चालन हुने अध्यक्ष बरालले पोखरा स्पोर्टस संगको कुराकानीमा बताए ।

‘हामीले मालेपाटन खेल मैदानमा फुटबल, भलिबल, क्रिकेटलगायतका प्रतियोगिताहरुलाई कुनै वाधा नपु¥याउने गरी कभर्ड हल निर्माण सुरू गरेका छौं’, अध्यक्ष बरालले भने–‘यसले पोखरा ५ को मात्रै नभई समग्र पोखरा महानगरको खेलकुद विकासमा सहयोग पुग्नेछ ।’

मालेपाटन खेल मैदानमा पोखरा महानगरले खुल्ला व्ययामशाला समेत स्थापना गरेको छ । जसबाट वडावाशीहरु लाभान्वित भएको अध्यक्ष बरालले बताए । 

तर यता पोखरा लेखनाथस्थित भण्डारढिक खेल मैदानमा निर्माण सुरू गरिएको कभर्डहलले अझै पनि पूर्णता पाउन सकेको छैन । निर्माणाधिन उक्त कभर्डहल अहिले अलपत्र अवस्थामा छ । सो कभर्डहल राष्ट्रिय खेलकुद परिषदले निर्माण सुरू गरेको थियो । अहिले स्थानियहरु अधुरो र अपुरो कभर्डहल हेरेर दिन विताउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close