गण्डकीमा राष्ट्रपति कप रनिङ शिल्डको तयारी सुरू, जेठको पहिलो साता जिल्ला छनौट

पोखरा स्पोर्टस । गण्डकी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डको तयारी सुरू भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीले बिहिबार सम्वन्धित खेल संघका पदाधिकारी हरू संग बैठक बसी तयारी सुरू गरेको जनाएको छ ।

परिषदका सदस्य सचिब श्रीधर शर्माका अनुसार केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड आगामी जेठ २८ देखि ३० गते सम्म गर्ने टुङ्गो लागे संगै प्रदेशले समेत आफ्नो आन्तरिक तयारी सुरू गरेको पोखरा स्पोर्टसलाई बताए ।

परिषदका सदस्य सचिब शर्माको अध्यक्षतामा भएको बैठकले जेठ ५ गते भित्र सबै जिल्ला छनौट प्रक्रिया सम्पन्न गर्ने गरी प्रारम्भिक तयारी सुरू गर्ने निर्णय भएको परिषदले जनाएको छ । हाल सम्म नवलपुर, गोरखा, म्याग्दी र तनहुँ जिल्लाको छनौट सम्पन्न भएको र अन्य जिल्लाको हकमा ५ गते सम्म छनौट सक्न जिल्ला खेलकुद विकास समितिहरुलाई आग्रह गरिएको छ ।

कास्कीमा भने तीन पालिकाहरुमा छनौट प्रक्रिया सम्पन्न भए पनि पोखरा महानगर पालिकाले छनौट खेल अघि नवढाउँदा कास्कीको छनौट अन्यौल भएको छ । जिल्लाका कुनै पालिकामा छनौट खेल हुन नसकेमा सोझै जिल्ला खेलकुदले खुल्ला छनौट आह्वान गरी खेलाडीहरुलाई सहभागिता गराउने तयारी भएको सदस्य सचिब शर्माले बताए ।

‘हामी कोही पनि उत्कृष्ट खेलाडी नछुटोस भन्ने चाहन्छौं । त्यसका लागि हामी जिल्लाको छनौटका समयमा सहभागिता नजनाएका पालिकाका खेलाडीरुलाई खुल्ला छनौटमा सहभागि हुन आग्रह गर्नेछौं’, सदस्य सचिब शर्माले भने–‘हामी उनीहरुको भित्र रहेको अन्तर्निहित क्षमतालाई मर्न दिन्नौ । उनीहरुको सहभागिता शुनिस्चित गर्छौ ।’

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको छनौट भने गोरखाको पालुङटारमा गर्ने गरी तय भएको छ । प्रतियोगिता अन्तर्गत १८ वर्ष मुनीको छात्र÷छात्रा भलिबल, कवड्डी, एथलेटिक्स, तेक्वान्दो, कराते र उशु खेल हुनेछन् ।

स्थानिय, जिल्ला र प्रदेश हुँदै केन्द्रिय तहमा हुने राष्ट्रपति रनिङ शिल्ड नेपालको एक मात्र यूवा खेलाडी उत्पादनका लागि महत्वपूर्ण रहेको छ । तर आर्थिक वर्ष २०८१/०८२ का लागि संघिय सरकारले बजेट विनियोजन नर्गदा प्रतियोगिता नै धरापमा परेको थियो ।

संधिय सरकारले पालिकाहरुलाई १–१ लाख तथा जिल्ला तथा प्रदेश छनौटका लागि वार्षिक ६५ लाख विनियोजन गर्दै आए पनि यो वर्ष देखि पालिका, जिल्ला र प्रदेश छनौट भने आफ्नै खर्चमा गर्नुपर्ने भएकोले अझै चुनौतीपूर्ण रहेको प्रदेश खेलकुदका महाशाखा प्रमुख राम प्रसाद आचार्यले बताए । 

सम्पन्न बैठकमा परिषदका प्रशासन प्रमुख तोपलाल भुसाल, विभिन्न खेल संघका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close