
पोखरा स्पोर्टस । मदन भण्डारी स्पोर्ट्स एकेडेमी स्याङ्जाको अध्यक्षमाभबिराज गुरूङ सर्वसम्मत निर्वाचित भएका छन् ।

स्याङ्जा जिल्लाको सदरमुकाम पुतलीबजारमा सम्पन्न एकेडेमीको प्रथम अधिवेशनले अध्यक्षमा गुरूङसहित ३५ सदस्यिय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षमा नविन कुमार आले, सचिवमा चित्र बहादुर भुजेल, कोषाध्यक्ष रमेश कुमार अधिकारी, उपसचिवमा शुसिल रानासहितको कार्यसमिति निर्वाचित गरेको हो ।
यस अघि सम्पन्न अधिवेशनको उद्घाटन गर्दै एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रुव आचार्यले खेलकुद मानशिक र शारिरिक अवस्थालई चुस्त राख्न मात्रै नभई राष्ट्रको समृद्धिका लागि पनि अपरिहार्य रहेको बताए । एकेडेमीले पछिल्लो समय देशभरी नै संगठन विस्तारमा विशेष ध्यान दिएको उल्लेख गर्दै स्वच्छ राजनितीका लागि समेत खेलकुदको भूमिका उत्तिकै महत्वपूर्ण रहेको जनाए ।
सो अवसरमा गण्डकी प्रदेशका पूर्व सांसद एवं एकेडेमीका सल्लाहकार मोहन रेग्मी, नेकपा एमाले स्याङजा जिल्ला कमिटिका अध्यक्ष पारश गैह्रे, विरुवा गाउँपालिकाका अध्यक्ष सूर्य कुंवर र एकेडेमीका गण्डकी प्रदेश अध्यक्ष गिरमान गुरूङले आ–आफ्नो भनाई राख्दै एकेडेमीले नेपाली खेलकुदको विकास संगै खेलकुद गतिविधिहरुलाई तिव्र रुपमा अघि बढाएकोमा प्रशंसा समेत गरे ।
