कास्की यु–१६ विद्यालयस्तरीय टी२० क्रिकेट : जनप्रिय र हिमालयनको सहज जित

पोखरा स्पोर्टस । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित यु-१६ विद्यालयस्तरी टी(२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन बुधबार हिमालयनले दोस्रो जित निकाल्ने क्रममा हाभर्ड एकेडेमीलाई ११० रनको पराजित गरेको छ ।

पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा टस जितेर व्याटिङको आमन्त्रणसँगै क्रिज छिरेको हिमालयनले १४६ रनको योगफल तयार पारेको हो । सफल थापाले सर्वाधिक ४३ रनको योगदान दिदाँ आयुष पनेरु २० रन मात्रै जोडे । व्याटरको भन्दा बढी रन अतिरिक्त खातामा चढ्यो । ५१ रन अतिरिक्त थपिदाँ हिमालयनले विशाल योगफल बनायो । लजिन पुर्जाले भने १३ रन बनाए । हिमान्त चापागाँईले ३ र समीरजंग भण्डारीले पनि ३ विकेट लिए ।

१४७ रनको लक्ष्य पछ्याएको हाभर्ड भने केवल ३६ रनमा समेटियो । हाभर्डका व्याटरले दोहोरो अंकको रन छुन सकेनन् । सर्वाधिक रन हिमान्त चापागाँईले सर्वाधिक ९ रन बनाए । अतिरिक्त रन पनि २१ जोडिएपनि सामान्य योगफलमा समेटियो । सफल थापाले, सुदर्शन कोईराला र संयोग शर्माले समान तीन-तीन विकेट लिए । खेलमा सफल थापा प्लेयर अफ दि म्याच घोषित भए ।

यसैगरी अर्को खेलमा जनप्रिय स्कुलले कुमुदिनी होम्सलाई ७ विकेटले पराजित गरेको छ । टस जितेर व्याटिङ गरेको कुमुदिनी होम्सले ६६ रन बनायो । ४६ रन अतिरिक्त थपिदाँ केवल व्याटरको व्याटबाट २० रन मात्रै बन्यो । सर्वाधिक रन भने सन्जित कुवँरले बनाउने क्रममा १२ रनमा आउट भए । सम्राट रावतले २ विकेट लिए ।

झिनो लक्ष्य पछ्याएको जनप्रियले केवल ३ विकेटको क्षतिमा ५.२ ओभरमा पुरा गर्न सफल रह्यो । सन्देश तामाङले २१ बल खेल्दै ३० रनमा अविजित खेले । त्यस्तै मौसम भट्टराईले १२ रनको योगदान दिए । सन्जित कुँवरले २ विकेट लिए । सन्देश तामाङ प्लेयर अफ दि म्याच घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close