
पोखरा स्पोर्टस । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सफल बनाउन तमुधिं युकेले सहयोग गर्ने भएको छ ।
यही वैशाख २६ गते शुक्रबार हुने अवार्डलाई सफल पार्न पछिल्लो क्रममा तमु धिं युकेले सहयोग गर्ने भएको हो । विगत लामो समय देखि सहयोग गर्दै आएको तमु धिं युकेले यस पटक समेत निरन्तरता दिएको नेपाल प्रतिनिधि मेजर लक्ष्मी प्रसाद गुरुङले जानकारी दिए । उनले तमु धिं यूकेको नगद सहयोग ५० हजार आयोजकलाई हस्तान्तरण समेत गरेका छन् ।

सहयोग हस्तान्तरण गर्दै प्रतिनिधि गुरुङले अन्य क्षेत्रसँगै खेल क्षेत्रको विकासको लागि तमु धिं युके नेपाल सधै तयार रहेको उल्लेख गरे । उनले तमु धिं यूकेका अध्यक्ष जुमकाजी गुरूङ र सहयोगी मनहरुकै कारण स्पोर्टस अवार्डलाई निरन्तर सहयोग भइरहेको बताउँदै आगामी दिनमा समेत यस्तो सहयोग जारी रहने बताए । तमु धिं यूके आफ्नो रजत वर्ष महोत्सवमा रहेको बताउँदै यूकेको सबै भन्दा ठूलो र गर्विलो संस्था तमु धिं युकेले नेपालको शिक्षा, स्वास्थ्य, खेलकुद संगै सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान रहेको चर्चा गरे ।
अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चले जनाएको छ ।
मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक/एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्नेछ भने त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५–३५ हजार प्रदान गर्दै आइरहेको छ । यस पटकको अवार्ड कार्यक्रममा गायिका समिक्षा अधिकारीको विशेष प्रस्तुती समेत रहने छ ।
