पोखरामा पहिलो पटक ‘प्रधानमन्त्री कप–एनभिए क्लब लिग’ प्रतियोगिताको तयारी !

पोखरा स्पोर्ट्स | पोखरामा पहिलो पटक ‘प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष क्लब लिग’ आयोजना गर्ने तयारी थालिएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तर्गतको त्रिपुरेश्वरस्थित कभर्ड हल मर्मत सम्भार हुने भए पछि नवौं सस्करणको एनभिए क्लब लिग पोखरामा गर्ने तयारी रहेको हो ।

नेपाल भलिबल संघ (एनभिए) को नवौं संस्करणको क्लब लिग आगामी जेठ ८ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने तय भएको छ। संघका महासचिव रोशन श्रेष्ठका अनुसार आज (बुधवार) को बैठकले प्रतियोगिताको स्थानको टुंगो लगाउनेछ ।

महासचिव श्रेष्ठले पोखरा स्पोर्ट्ससँगको कुराकानीमा भने, “यो पटक चुनौतीपूर्ण समय हो। वर्षाको मौसम, स्रोत व्यवस्थापन, तयारी सबै चुनौती छन् । तर ती सबै कुराका बावजुद हामी प्रतियोगिता गर्न प्रतिबद्ध छौं ।”

यसैबीच, राखेपका सदस्य सचिव टंकलाल घिसिङले पनि प्रतियोगिता पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहल मा आयोजना गर्न प्रस्ताव अघि सारेका छन्। “त्रिपुरेश्वरको कभर्डहल मर्मत भइरहेकाले पोखरा नै उपयुक्त विकल्प हो,” घिसिङले भने, “तर यसबारे अझै छलफल भइरहेको छ।”

प्रतियोगितामा ८ पुरुष र ६ महिला टिम को सहभागिता रहनेछ । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै एक टिमले पनि सहभागिता जनाउनेछ । नेपाल भलिबल संघका उपाध्यक्ष याम गुरुङले पोखरामा प्रतियोगिता आयोजना गर्ने तयारी सुरू भएको जानकारी दिएका छन् ।

प्रतियोगितामा पुरुष तथा महिला दुवै समूहका विजेताहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा पुरुष तथा महिला दुवै समूहका विजेता टिमहरूलाई नगद पुरस्कार प्रदान गरिनेछ । दुबैतर्फका उपाधि बिजेताले जनही नगद रु ८/८ लाख, उपबिजेताले समान ४/४ लाख, तृतिय हुनेलाई समान नगद रु २/२ लाख, सर्वोत्कृष्ट खेलाडीलाई जनही नगद रु ५०/५० हजार र विद्यागत उत्कृष्ट खेलाडीहरुले जनही नगद रु २५/२५ हजार प्राप्त गर्नेछन् । 

नेपाल भलिबल संघका अनुसार प्रतियोगिता भलिबलको लोकप्रियता विस्तार गर्दै स्थानीय खेलाडी र टिमलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर दिने उद्देश्यले आयोजना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close