कार्लोस र अनुस्काले जिते १०० मिटर दौड

पोखरा स्पोर्टस ।  विद्यालयस्तरीय १०० मिटर छात्र दौड कार्लोस पौडेल र छात्रातर्फ अनुस्का अधिकारीले जितेकी छन् ।

पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनलमा सगरमाथाका कार्लोसले १२.४८ सेकेण्डको समय लिंदै पहिलो स्थान बनाए भने सगरमाथा निकेतनकी अनुस्काले १३.७९ सेकेण्डमा दुरी पार गरी पहिलो स्थान बनाएकी छन् ।

छात्रतर्फ बालोदयका प्रशन्न महत तीन सेकेण्डले पछि परे । उनले १२.५१ सेकेण्डमा १०० मिटर दौड पुरा गरी दोस्रो स्थान हासिल गर्दा फिसटेलका कृतन सापकोटा १२.७८ सेकेण्डमा दुरी पार गरी तेस्रो भए ।

छात्रातर्फ फिसटेलकी आइको लक्ष्मी बाटाजुले १५.१३ सेकेण्डको समय लिंदै दोस्रो तथा करुणानिधीकी संगम भण्डारी १५.६२ सेकेण्डको समयमा तेस्रो स्थान प्राप्त गर्न सफल भइन् ।

उक्त प्रतियोगिता प्याब्सन कास्कीले आयोजना गरेको हो । एथलेटिक्स सहित अन्य  प्रतियोगिता जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close