
पोखरा स्पोर्टस । कास्की जिल्ला खेलकूद विकास समितीको अध्यक्षमा तोरण बहादुर बानियाँ मनोनित भएका छन ।
गण्डकी प्रदेश सरकारद्वारा गठित खेलकूद विकास समिती कास्की जिल्लाको अध्यक्षमा आगामी ४ वर्ष कार्यकालका लागि बानियाँ मनोनित भएका छन । उनी सँगै उपाध्यक्षमा महेन्द्र गुरुङ, सचिवमा भिम पराजुली, कोषाध्यक्षमा कन्चन थापा (कोइराला)लाई मनोनयन गरिएको छ ।
त्यसै गरी सदस्यहरुमा कुमार थिङ, तिलक बहादुर अधिकारी, राजन बडगामी, साङग्रीला केसी मरासिनी, रुम बहादुर गुरुङ, केशव बहादुर थापा, नारायण भण्डारी, मनिशा वैद्य र नन्दकली नेपालीलाई मनोनयन गरिएको जनाइएको छ ।
