गण्डकी प्रदेश शुटिङ्ग संघको अध्यक्षमा मोतिराम गुरुङ सर्वसम्मत

पोखरा स्पोर्टस । गण्डकी प्रदेश शुटिङ्ग संघको अध्यक्षमा मोतिराम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।

संघको सोमबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले उनलाई आगामी चार वर्षका लागि अध्यक्षमा निर्वाचित गरेको हो । नव निर्वाचित अध्यक्ष गुरुङ शिक्षाक्षेत्रमा संलग्न छन् ।

यसै गरी संघको उपाध्यक्षमा दलराज पुन र लिला शेरचन, महासचिवमा पुरन कुंवर, सचिवमा विजयन्त शेरचन, कोषाध्यक्षमा बुद्ध गुरुङ सर्वसम्मत निर्वाचित भए ।

संघको कार्यसमिति सदस्यमा आशिषराज भण्डारी, खम्वा गुरुङ, कविन गुरुङ, चिन बहादुर थापा, विजय क्षेत्री, विवश क्षेत्री काजी, मायाँ क्षेत्री बस्नेत र सूर्य बहादुर थापा निर्वाचित भएका छन् ।

यस अघि अधिवेशनको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङले गण्ढकी प्रदेशमा शुटिङ्ग खेलको राम्रो सम्भवना भए पनि विविध चुनौतीको कारण अघि बढ्न नसकेको बताए । उनले शुटिङ्ग खेल मार्फत पर्यटन प्रवर्द्धन गर्न समेत उत्तिकै प्रभावकारी हुने बताउँदै नयाँ कार्यसमितिले योजनावद्ध रुपमा अघि बढन आग्रह गरे ।

संघकी केन्द्रिय उपाध्यक्ष एवं तदर्थ समितिकी अध्यक्ष ओलम्पियन भगवती केसी खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उनले शुटिङ्ग खेलको विकासका लागि आवश्यक खेल सामाग्रीको अभावमा सोचे अनुरुप गतिविधि अघि बढ्न नसकेको बताइन् ।

कार्यसमितिमा नव निर्वाचितहरुलाई संघकी केन्द्रिय उपाध्यक्ष केसी सहित प्रदेश खेलकुद परिषदका कार्यालय प्रमुख तोपलाल भुसाल, निर्वाचिन समितिका सदस्य घनश्याम पौडेलले प्रमाणपत्र वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close