भारतलाई झट्का, ऋषभ पन्त इङल्याण्डविरुद्धको टेस्ट सिरिजबाट बाहिरिए

पोखरा स्पोर्ट्स ।  भारतीय विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले इङल्याण्डविरुद्धको टेस्ट सिरिज गुमाउने भएका छन् ।

जारी चौथो टेस्टको पहिलो दिन बुधबार ३७ रन बनाएर खेलिरहेका पन्तको खुट्टामा चोट लागेपछि रिटायर्ड भएका थिए । उनको चोट गम्भीर भएकोले कम्तिमा ६ साता खेलबाट बाहिर हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

पन्तले ओल्ड ट्राफोर्डमा जारी रहेको बाँकी टेस्ट र अर्को हप्तादेखि सुरु हुने इङ्गल्याण्ड विरुद्धको ओभलमा हुने अन्तिम टेस्ट गुमाउने निश्चित भएको छ । 

अब चौथो टेस्टको बाँकी खेलमा पन्तको ठाउमा ध्रुब जुरेलले विकेट किपिङ गर्ने बताइएको छ । 

सिरिजमा २-१ ले पछि रहेको भारतका लागि पन्तको चोटले ठुलो झट्का लागेको छ । चौथो टेस्टको पहिलो दिन टस हारेर पहिला ब्याटिंग गरिरहेको भारतले ४ विकेट गुमाउदै २६४ रन बनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close