सुदुर पश्चिम मुख्यमन्त्री कप भलिबलमा गण्डकीको पहिलो भेट मधेश संग (खेल तालिका सहित)

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद सुदुर पश्चिमको आयोजनामा यहि माघ १४ गतेबाट सुरु हुने ‘तेश्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०८०’ मा आफ्नो पहिलो भेट मधेश प्रदेश संग हुने भएको छ ।

लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको दोश्रो दिन माघ १५ गते गण्डकी मधेश प्रदेश संग भेट पक्का गरेको हो । कुल आठ टिम सहभागि हुने प्रतियोगिताको समुह ‘ए’मा नेपाल पुलिस क्लब, त्रिभुबन आर्मी क्लब, लुम्बिनी प्रदेश, बागमती र कोशी प्रदेश रहेका छन् ।

त्यस्तै समुह ‘बि’ मा सशस्त्र प्रहरीको एपिएफ क्लब, गण्डकी, मधेश प्रदेश, कर्णाली र आयोजक सुदुर पश्चिम प्रदेश रहेका छन् ।

माघ १६ गते गण्डकीले आफ्नो दोश्रो खेल सुदुर पश्चिम संग खेल्ने छ भने माघ १७ गते कर्णाली प्रदेश संग र लिग अन्तर्गत चौथो तथा अन्तिम खेल माघ १८ गते एपिएफ क्लब संग आफ्नो भेट गण्डकीले पक्का गरेको छ ।

यसै गरी माघ १९ गते समुह ‘ए’ को बिजेताले समुह ‘बी’ को उपबिजेता संग र दोश्रो सेमीफाइल खेल समुह ‘बी’ को बिजेताले समुह ‘ए’को उपबिजेताका बिच हुने रेफ्रि संयोजक तथा अन्तर्राष्ट्रिय रेफ्रि टहल सिंह थापाले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

फाइनल खेल माघ २० गते हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close