नेपाल नं १ प्रदिप पराजित, यूवा खेलाडी निहाल सेमीफाइनलमा

पोखरा स्पोर्टस । ११ औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार सम्पन्न क्वाटरफाइनल खेलमा पोखरेली नेपाल नं १ खेलाडी प्रदिप खड्का पराजित हुँदा अर्का पोखरेली यूवा खेलाडी निहाल जंग बहादुर थापा सेमीफाइनलमा प्रवेश गरेका छन् ।

काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा नेपाल नम्बर १ प्रदीप खड्का ६–४ र ७–५ को सोझो सेटमा राजवीर प्रधान संग पराजित हुँदा निहालले प्रितम परियारलाई ६–२ र ६–१ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

सोही स्पर्धामा आरभसम्राट हाडाले सक्षमविक्रम शाहलाई ६–२ र ६–१ तथा निसान श्रेष्ठले प्रणव खनाललाई ४–६, ६–२ र ७–५ पराजित गरी सेमीफाइनलमा स्थान पक्का गरे ।

महिला सिंगल्समा अभिलाषा विष्टले समृद्धि महर्जनलाई ६–२ र ६–०, जेनी खड्काले प्रकृति श्रेष्ठलाई ६–२ र ६–०, आइशा डोल्कर लामाले कर्मिस्था नुगाह श्रेष्ठलाई ७–६ र ६–३ तथा स्वस्तिका विष्ठटले सुनिरा थापालाई ६–३, ३–६ र ७–६ ले पाखा लगाउदै सेमिफाइनलमा पुगे ।

सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियार, सिमान्त गुरुङ, भीष्मजंग गुरुङ र सन्तोष खत्रीले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

४५ वर्षमाथि पुरुष डबल्समा कमलबहादुर भण्डारी र सुमित मैनालीको जोडीले डेगेन्द्र श्रेष्ठ र महेश श्रेष्ठको जोडीलाई ५–७, ६–३ र १०–७ ले पन्छ्याउदै पहिलो भए ।

भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा भिक्टर राणा, ध्रुवबहादुर गुरुङ, उत्तम बोगटी र विमलकुमार गुरुङ सेमिफाइनलमा पुगे । ५५ वर्षमाथि पुरुष सिंगल्समा मनोजविक्रम शाह, चन्द्र शाही, कमलबहादुर भण्डारी र महेश श्रेष्ठले सेमिफाइनलमा स्थान बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close