
पोखरा स्पोर्टस । शारिरीक सुगठनका राष्ट्रिय खेलाडी कमलराज भण्डारीले पोखरामा फिटनेस सेन्टर सञ्चालनमा ल्याएका छन् । पोखरा ८ सृजनाचोकमा भण्डारीले सुविधा सम्पन्न फिटनेस सेन्टर सञ्चालनमा ल्याएका हुन् । करिव २ करोडको लगानीमा सञ्चालनमा आएको ‘राइज फिटनेस वाइ कमलराज’ले तीन जना प्रशिक्षकसहित फिटनेस व्यवसाय सुरूवात गरेको पोखरा स्पोर्टस संगको कुराकानीमा बताए ।
‘यो मेरो जिवनको ड्रिम प्रोजेक्ट हो’, उनले भने–‘लामो समय शारिरीक सुगठनमा रहें । अन्तर्राष्ट्रिय र राष्ट्रियस्तरमा यहि खेलमा अघि बढे । अहिले फिटनेस सेन्टरको सुरूवात गरेको छु । जसरी म खेलमा सफल भए त्यसरीनै व्यवसायमा समेत सफलता हासिल गर्न सक्छु भन्ने अठोट छ ।’
सन २०१९ मा भएको १२ औं दक्षिण एसियाली बोडीविल्डिङमा रजत पदक जितेका कमलराजले ५१ औं र ५५ औं एसियन बोडीविल्डङमा काश्य पदक बिजेता खेलाडी हुन् । उनले पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेका थिए । वुल्समेनमा दुई संस्करणका च्याम्पियन उनले मि.माछापुच्छ्रे, धर्मश्री जस्ता महत्वपूर्ण प्रतियोगितामा समेत जित हात पारेका थिए ।
आफू पनि लामो समय देखि खेल क्षेत्रबाट आएको बताउँदै कमलराजले खेलाडीहरुलाई भने निशुल्क प्रशिक्षणको व्यवस्था गर्ने बताए । खेलाडीहरुको जिवन कठिन हुने भएकोले जो कोही फिटनेश सेन्टरमा पहुँच हुन नसक्ने भएकोले पनि खेलाडीहरुलाई निशुल्क सेवा दिने उनको भनाई थियो ।
