पोखरा स्पोर्टस अवार्ड : वर्ष उत्कृष्ट खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक

पोखरा स्पोर्टस/ तस्विरः सुदर्शन रञ्जित। नवौं पोखरा स्पोर्टस अवार्डका लागि खेलाडी र प्रशिक्षकहरूको मनोनयन सार्वजनिक गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यहि बैशाख २६ गते आयोजना हुने स्पोर्टस अवार्डका लागि विभिन्न ४ विभिन्न विद्यामा  १२ जनाको नाम सार्वजनिक गरिएको हो । आठौं पोखरा स्पोर्टस अवार्डमा मनोनयनमा परेका तथा अवार्ड आत पार्न सफल खेलाडी र प्रशिक्षकहरु प्रायः यो वर्षको अवार्डमा समेत दोहोरिएका छन् । 

सार्वजनिक गरीएका मध्ये महिला भलिबल राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही समेत रहेकी छन् । उनी यस अघि छैटौं संस्करणको अवार्ड हात पारी सकेकी छन् । महिला तर्फ नै आइटिएफ तेक्वान्दो तथा मुआथाई खेलाडी सुष्मिता थापा मगर मनोनयनमा पर्न सफल भएकी छन् । सुष्मिताले समेत यस अघि आठौं पोखरा स्पोर्टस अवार्ड हात पारी सकेकी छन् ।

त्यस्तै टेनिसका नेपाली नं १ खेलाडी प्रदिप खड्का समेत मनोनयनमा परेका छन् । उनी यस अघि एक पटक अवार्ड प्राप्त गरिसकेका खेलाडी हुन् ।

वर्ष उत्कृष्ट प्रशिक्षकमा मनोनयन भएका राजेन्द्र तामाङ नेपाली राष्ट्रिय महिला फुटबलको प्रशिक्षक रहि सकेका छन् । यसै गरी भलिबलका प्रशिक्षक रमेश केसी यस अघि आठौं पोखरा स्पोर्टस अवार्ड हात पारिसकेका छन् भने टेनिस प्रशिक्षक निरज थापा यस अघि मनोनयनमा परेका प्रशिक्षक हुन् ।

उदियमान खेलाडी तर्फ एथलेटिक्सका यूवा खेलाडी बादल कार्की मनोनयन भएका छन् । गत वर्ष समेत उनी मनोनयनमा परेका थिए । तर उनले अवार्ड हात पार्न सकेका थिएनन् ।

वर्ष उत्कृष्ट पुरूष
विश्वास अधिकारी (भलिबल)
प्रदिप खड्का (टेनिस)
सुमित श्रेष्ठ (फुटबल)

वर्ष उत्कृष्ट महिला
अरुणा शाही (भलिबल)
कृपा गुरूङ (फेन्सिङ)
सुष्मिता थापा मगर (आइटिएफ तेक्वान्दो/मुआथाई)

वर्ष उत्कृष्ट उदियमान खेलाडी
बादल कार्की (एथलेटिक्स)
जित बहादुर सार्की (भलिबल)
रचना चौधरी (क्रिकेट)

वर्ष उत्कृष्ट प्रशिक्षक
निरज थापा (टेनिस)
रमेश केसी (भलिबल)
राजेन्द्र तामाङ (फुटबल)

पोखरा स्पोर्टस अवार्डमा वर्ष उत्कृष्ट महिला र पुरुष खेलाडीले ट्रफीसहित इलेक्ट्रिकल स्कुटर हात पार्ने छन् भने उदियमान खेलाडी प्रशिक्षकले ट्रफीसहित जनही नगद ३५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close