
पोखरा स्पोर्टस । गण्डकी प्रदेश शारिरिक सुगठन संघ तदर्थ समितिको अध्यक्षमा नविन आले (पर्वत) सर्वसम्मत चयन भएका छन् ।
पोखरामा सोमबार सम्पन्न भेलाले नविनसहित ११ सदस्यि कार्यसमिति सर्वसम्मत चयन गरेको हो । सघको उपाध्यक्षमा बिमल बहादुर खॉड (स्याङ्जा), सचिब प्रकाश पौडेल (स्याङ्जा) ( कोषाध्यक्षमा नितेश खड्का (कास्की) सर्वसम्मत चयन भए ।
यसै गरी कार्यसमिति सदस्यमा अमृत लम्साल (कास्की), सैलेश रिमाल (तनहु), धिरज घर्ती (बाग्लुङ्ग), निरज तिवारी (कास्की), तिलक गर्बुजा (म्याग्दी), दिवा राना (स्याङ्जा) र दुर्गा खोर्जा पुन (पर्वत) चयन भएका छन् ।
तदर्थ समितिको अध्यक्षमा सर्वसम्मत चयन भएका अध्यक्ष नविनले गण्डकी प्रदेशमा शारिरिक सुगठन खेलको विकास एवं प्रवर्द्धन संगै आसन्न दशौं राष्ट्रिय खेलकुदमा गण्डकीको तर्फबाट पदक ल्याउने गरी प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा तयारी गर्ने प्रतिवद्धता जनाए ।
