राष्ट्रिय उसु निर्णायक परीक्षा कोर्ष सुरू

पोखरा स्पोर्टस । नेपाल उसु महासंघको आयोजनामा ७ औं राष्ट्रिय उसु निर्णायक परीक्षा कोर्ष तथा ११ औं राष्ट्रिय उसु डिप्लोमा कोर्ष मंगलबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा सुरु भएको छ ।

कोर्षको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एक कार्यक्रमबीच उद्घाटन गरे ।

कार्यक्रममा नेपाल भरिका विभिन्न जिल्लाबाट सातदिने कोर्ष ९९ जना डिप्लोमा तथा निर्णायक परिक्षा कोर्ष सहभागी भएको उसुका मुख्य प्रशिक्षक फत्तबहादुर लामा योन्जनले बताए ।

नेपाल उसु महासंघका उप–महासचिव राजिव महर्जनले कोर्षले राष्ट्रिय स्तरमा उसु खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा चीनका प्रतिनिधि पिटर योङ विशेष अतिथिको रूपमा उपस्थिति रहेको जानकारी नेपाल उसु महासंघका महासचिव नवराज ढुंगाना बिश्वासले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close