नुवाकोटमा महिला फुटबल र ब्याडमिन्टन हुँदै

पोखरा स्पोर्टस । नुवाकोट जिल्ला खेलकुद विकास समितिको मुख्य आयोजना तथा नुवाकोट जिल्ला फुटबल संघ सहयोगमा अर्को साता बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल र ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

बागमती प्रदेश खेलकुद परिषदले मुख्य संरक्षक र विदुर नगरपालिका संरक्षक रहने प्रतियोगितामा ३ विभागीय टोलीसहित ८ टोलीको सहभागिता रहने भएको आयोजकले जनाएको हो ।

वैशाख १३ देखि २० गते सम्म बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको फुटबल मैदानमा हुने प्रतियोगिताको विजेताले ५ लाख र हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने नुवाकोट जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङले जानकारी दिएका छन् । प्रतियोगिताको हरेक खेलको प्लेयर अफ दि म्याच, विद्यागत उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने छ ।

प्रतियोगितामा एपिएफ, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, गण्डकी प्रदेश संघ, रौतहट, पद्म स्पोर्टसको सहभागिता निश्चित भएको छ । थप एक टोलीको केहि दिनमा टुंगो लाग्ने आयोजकले जनाएको छ।

मुख्यमन्त्री कप ब्याडमिन्टन हुने
यस संगै नुवाकोटमा अर्को साता बागमति प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ।

नुवाकोट जिल्ला खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरी सो बारे जानकारी दिएको हो ।

प्रतियोगितामा वरीयताको शीर्ष २० का खेलाडी रहने मेन्स डबल्स , भेट्रान्स ४० वर्ष माथि, मेन्स डबल्स (जिल्ला), मेन्स डबल्समा जिल्ला बाहिर, यु १५ गर्ल्स, ब्वाइज र मिक्स डबल्स ३५ वर्षमाथिमा‌ प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close