सन्तोषीले लन्डन म्याराथनमा सहभागिता जनाउने

पोखरा स्पोर्टस । लन्डन म्याराथनमा सहभागी हुन धाविका सन्तोषी श्रेष्ठ बिहीबार बेलायत जाने भएकी छन् ।

लन्डन प्रस्थान गर्नु अघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सन्तोषीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।

सदस्य–सचिव घिसिङले देशको शान बढाउने गरी उच्च प्रर्दशन गर्न सन्तोषीलाई सफलताको शुभकामना समेत दिए ।

यही बैशाख १४ गते हुने लन्डन म्याराथनमा सहभागी हुन सन्तोषीलाई नेपाल रन युकेले व्यवस्थापन गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close