फोर नेशन्स बक्सिङमा लालप्रसादको जित

पोखरा स्पोर्टस । नेपाली बक्सर लाल प्रसाद उप्रेतिले भुटानको थिम्पुमा जारी फोर नेशन्स ईन्टरनेशनल बक्सिङ च्याम्पियनशिपमा विजयी भएका छन् ।

उप्रेतीले ४८ केजी तौल समुहमा ईन्डिया (सिक्किम) का दुर्गाप्रसाद शर्मालाई ५ः० अंकको आधारमा फराकिलो जित हासिल गरेका हुन् ।

नेपाल, इन्डिया, बगांलादेश र भुटानको खेलाडीहरुको सहभागितामा आयोजित फोर नेशन्स ईन्टरनेशनल बक्सिगं च्याम्पियनशिप–२०२५ मा नेपालबाट सहभागी ४८ केजी तौल समुहकी रमिशा श्रेष्ठ ४ः१ अंकको आधारमा यासिका राई इन्डिया (सिक्किम) संग प्रतिस्पर्धात्मक हार व्यहोरेको नेपाल बक्सिगं महासंघका उपाध्यक्ष श्यामकाजी अवालेले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close