
पोखरा स्पोर्टस । मन्डिखाटार दोस्रो एमेच्योर टेनिस प्रतियोगिता सम्पन्न भएको छ ।
मन्डिखाटार टेनिस कोर्टमा शनिबार सम्पन्न फाइनल इभेन्टमा ६५ वर्ष माथिको सिंगल्समा कमल थापाले वाजी मारेका छन् । उनले कर्मा घलेलाई ६–०, ६–० को स्कोरमा पराजित गर्दै उपाधि जितेका हुन् ।
यसैगरी ५५ वर्ष माथिको सिंगल्समा विमल वाइबाले उपाधि जिते । उनले मनोज बिक्रम शाहलाई ६–२, ६–३ को स्कोरमा पराजित गरे । यस्तै, ४५ वर्ष माथिको सिंगल्सको फाइनलमा देव क्षेत्रीले सूर्य गिरीलाई ६–२, ६–३ को स्कोरमा पराजित गर्दै उपाधि हात पारे ।
यस्तै, ३५ वर्ष माथिको सिंगल्समा भिष्म जंग गुरुङले उपाधि जितेका छन् । उनले सिमान्त गुरुङलाई ६–४, ६–२ को स्कोरमा पराजित गर्दै उपाधि जितेका हुन् ।
यसैगरी ५५ बर्ष माथिको डबल्समा जीवन घिमिरे र सुदर्शन विष्टको जोडीले उपाधि जितेको छ । घिमिरे र विष्टको जोडीले मनोज बिक्रम शाह र सञ्जीव कुमार श्रेष्ठको जोडीलाई ६–३, ६–४ को स्कोरमा पराजित गरेको हो ।
एक सातासम्म चलेको प्रतियोगितामा १२० खेलाडीले विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गरेको आयोजक मन्डिखाटार टेनिस क्लबका अध्यक्ष नबराज कुँवरले जानकारी दिए ।
