पोखरा एथलेटिक्स मिट : ‘ज्याभलिन थ्रो’मा रोहित र चन्द्रकला बिजेता

पोखरा स्पोर्टस । पोखरा एथलेटिक्स मिट २०२५ अन्तर्गत ज्याभलिन थ्रोमा नेपाल आर्मी क्लबका रोहित चौधरी र नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले स्वर्ण पदक जितेका छन् ।

कास्की एथलेटिक्स संघको आयोजनामा पोखरा रंशगालामा जारी प्रतियोगितामा पुरुषतर्फ आर्मीका रोहितले स्वर्ण जित्दा महिलातर्फ पुलिसकी चन्द्रकला पहिलो हुँदै स्वर्ण पदक जितेका हुन् ।

पुरुषतर्फ रोहीतले ५७ मिटर ७४ सेमी थ्रो गर्दै स्वर्ण पदक जित भने आर्मीकै गजेन्द्र सिंह थापाले ५२ मिटर १८ सेमी थ्रो गरी रजत पदक तथा बागमतीका दिपेश महतोले ४८ मिटर ५३ सेमी थ्रो गर्दै काश्य पदक जिते ।

यता महिलातर्फ पुलिसकी चन्द्रकलाले स्वर्ण पदक हात पार्न ४० मिटर ९४ सेमी थ्रो गरिन् । एपिएफकी सिमा थारुले ३७ मिटर ४७ सेमी थ्रो गरी रजत तथा एपिएफकै अपसरा श्रेष्ठले ३४ मिटर २२ सेमी थ्रो गरी काश्य पदक जितिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close