अर्मला पर्वतिय दौड फागुन ४ गते हुने

पोखरा स्पोर्टस । पोखरा महानगर पालिका वडा नं १६ को एक महत्वपूर्ण पर्यटकिय गन्तव्य रहेको अर्मलामा “खुल्ला अर्मला पर्वतिय दौड–२०७७” आगामी फागुन ४ गते हुने भएको छ ।

श्री पञ्चमीको पावन अवसरमा आयोजना हुने अर्मला पर्वतिय दौडको छैटौं सस्करण हुन लागेको हो । अर्मला पर्वतिय दौडको आयोजक संस्था दुर्गा युवा क्लवका अध्यक्ष गंगा गुरुङले अर्मला पर्वतिय दौड बारे जानकारी दिंदै पोखरा स्थित के आइ सिंह पूलबाट शुरु हुने दौडको दुरी १२ किलोमिटरको हुने छ ।

पोखराको प्रमुख पर्यटकिय गन्तव्य वाटुलेचौर, महेन्द्रगुफा हुँदै १७०० मिटर उचाईमा रहेको अर्मलाकोटमा पुगेर समापन हुने दौड उत्तरतर्फका माछापुच्छ्रे हिमाल सँगै अन्नपूर्ण हिम श्रिखंलाको मनमोहक दृश्यले धावकहरु थप उत्साहित हुने अध्यक्ष गुरुङले बताए । सदियौं देखि श्री पञ्चमीको मेला समेत लाग्ने अर्मलामा परम्परागत खेल ठेलो समेत हुने गरेको छ ।

अर्मला विकास मञ्च, अर्मलाकोट युकेको प्रायोजनमा हुने दौडमा प्रथमहुनेले नगद १५ हजार, द्वितिय हुनेले नगद १० हजार र तृतियले नगद ५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।
Pokhara Marathon Advt

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close