
पोखरा स्पोर्टस । पोखरा एथलेटिक्स मिट २०२५ राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अन्तर्गत १०० मिटर दौडमा शसस्त्र प्रहरी बल एपिएफ क्लबका शिवराज पार्की बिजेता बनेका छन् ।
पोखरा रंगशालामा सम्पन्न दौडमा शिवराजले १०.६० सेकेण्डमा दौड पुरा गरी स्वर्ण पदक जितेका हुन् ।
तीन वर्ष अघि पोखरामा नै सम्पन्न नवौ राष्ट्रिय खेलकुदमा उनले १०.५६ सेकेण्डमा दौड पुरा गरी नयाँ कृतिमान कायम गरेका थिए । उनी आजको स्पर्धामा आफ्नो पुरानो रेकर्ड भने कायम गर्न सकनेन् । उनी ४ सेकेण्डले पछि परे । नवौं राष्ट्रिय खेलकुदमा उनले रामकृष्ण चौधरीद्वारा राखिएको १०.७१ सेकेन्डको अघिल्लो कीर्तिमान तोडेका थिए ।
यसै गरी मधेश प्रदेशका आदेश कुमार यादवले १०.७७ सेकेण्डको समय लिंदै रजत पदक जित्दा नेपाल आर्मीका सलिम देवानले ११.१० सेकेण्डको समयमा दुरी पार गरी काश्य पदक जिते ।
यता महिलाको १०० मिटर दौडमा चितवनकी रेशमा सुवेदीले बाजी मारिन् । उनले १२.१३ सेकेण्डमा दौड पुरा गरी स्वर्ण पदक जितिन् ।
पोखरामा तीन वर्ष अघि सम्पन्न नर्वौ राष्ट्रिय खेलकुदमा सरस्वती चौधरीले बनाएको सोही रकेर्डलाई रेशमाले समेत निरन्तरता दिएकी छन् । यस्तै लुम्बिनीकी निशा चौधरीले १२.१५ सेकेण्डको समय लिंदै रजत पदक जितिन् भने नेपाल पुलिस क्लबकी निशा कुमारी चौधरीले १२.४८ सेकेण्डको समयमा दुरी पार गरी काश्य पदक जितिन् ।

