पोखरा एथलेटिक्स मिट : पोखराको पर्यटनको मुख्य आधार खेलकुद–मन्त्री थापा

पोखरा स्पोर्टस । पोखरा एथलेटिक्स मिट २०२५ शुक्रबारबाट पोखरामा सुरू भएको छ । करिब तीन वर्षको अन्तरालमा सुरू भएको राष्ट्रियस्तरको एथलेटिक्स प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले गरे ।

सो अवसरमा बोल्दै मन्त्री थापाले पोखराको पर्यटनको मुख्य आधार खेलकुद समेत रहेको बताएका छन् । पोखराको रमणिय वातावरण मौसम तथा हरेक हिसावले खेलको हवको रुपमा विकासका लागि धेरै अवसर र सम्भावनाहरु रहेको जनाउँदै गण्डकी प्रदेश सरकारले पर्यटनको प्रवर्द्धन तथा राष्ट्रको गौरव बढाउन खेलकुदालाई महत्व दिएको बताए । उनले भने–“पोखरा सबै हिसाबले कुनै पनि अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगिता गर्न सक्षम छ । गण्डकी प्रदेश सरकार खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्न खेलकुदलाई महत्वका साथ अघि बढाएको छ ।”

प्रदेश सरकारले जिल्ला खेलकुद र प्रदेश खेलकुदका रिक्त पदहरु परिपुर्ती गर्दै १० औं राष्ट्रिय खेलकुदको तयारीमा समेत जुटिरहेको मन्त्री थापाले खेलकुद स्वास्थ्य र राष्ट्रका लागि रहेको जनाउँदै पोखरा रंगशालामा भएको पूर्वाधार विकासले यस प्रकारका गतिविधि सञ्चालन गर्न सहयोग पुगेको उल्लेख गरे । पोखरा एथलेटिक्स मिटको पूर्ण सफलताको कामना गर्दै उनले खेलाडीहरुलाई अनुशासित र मर्यादित भएर खेल्न आग्रह समेत गरे ।

कास्की एथलेटिक्स संघका अध्यक्ष गज बहादुर गुरूङको अध्यक्षतामा भएको कार्यक्रम अध्यक्ष गुरूङले सबैको साथ र सहयोगले नै यस प्रकारको प्रतियोगिता सञ्चालनका लागि उर्जा थपिएको बताउँदै सहयोगीहरु प्रति आभार व्यक्त गरे ।

चैत्र ३० गते सम्म सञ्चालन हुने पोखरा एथलेटिक्स मिटमा स्वर्ण, रजत र कास्य पदकका लागि प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा देशभरका विभागीय टिमहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, सुदुरपश्चिम प्रदेश, लुम्बिनी, कर्णाली, कोशी प्रदेशलगायत देशभरीकै खेलाडीहरु पोखरा आएका छन् ।

प्रतियोगितामा विभिन्न ट्रयाक एण्ड फिल्डतर्फ १२ विद्यामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । जसमा पुरुष र महिला दुबै इभेन्टतर्फ १०० मिटर, २ सय मिटर, ४ सय मिटर, १५ सय मिटर र ५ हजार मिटर, ४x१०० रिले रेस तथा फिल्डतर्फ लङ जम्प, ट्रिपल जम्प, सटपुट, डिस्क थ्रो, जम्पथल र जाभलिनतर्फका प्रतिस्पर्धा हुनेछन् । प्रतियोगितामा बिजेताहरुले नगद ५, ३ र २ हजारका साथमा मेडल तथा ट्रफी पाउने छन् ।

उत्कृष्ट एक महिला तथा एक पुरूष खेलाडीलाई नगद जनही १०/१० हजार प्रदान गरिनेछ ।

प्रतियोगितामा खेलाडी उत्पादन हेतु कास्की जिल्लाका विद्यालयस्तरको (१२ देखि १६ वर्ष मुनीको) १०० मिटर दौड समेत समावेश गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव १० लाख खर्च हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close