पोखरा एथलेटिक्स मिट : १५०० मिटरमा मुकेश र नारायणीलाई स्वर्ण

पोखरा स्पोर्टस । पोखरामा शुक्रबारबाट सुरू भएको ‘पोखरा एथलेटिक्स मिट २०२५’ मा विभागिय क्लब नेपाल आर्मी क्लबका मुकेश बहादुर पाल र कास्कीकी नारायणी भण्डारीले १५०० मिटर दौड स्पर्धामा स्वर्ण पदक जितेका छन् ।

कास्की जिल्ला एथलेटिक्स संघको आयोजनामा पोखरा रंगशालामा सुरू भएको पुरुष १५०० मिटर दौडमा पुरुषतर्फ आर्मीका मुकेशले ३ मिनेट ५१.६ सेकेण्डमा दुरी पार गर्दै पहिलो हुँदा महिलातर्फ कास्कीकी नारायणीले ४ मिनेट ५४.२ सेकेण्डको समय लिंदै स्वर्ण पदक जितेका हुन् ।

करिव तीन वर्षको अन्तरालमा सुरू भएको एथलेटिक्स ट्रयाक एण्ड फिल्ड स्पर्धामा पुरुष १५०० मिटरमा आर्मीका खेलाडीहरुको बर्चश्व रह्यो । प्रतियोगितामा आर्मीकै सुनिल सुनार ३ मिनेट ५५.५ सेकेण्डको समय लिंदै रजत पदक र अक्कल बहादुर पालले ३ मिनेट ५६.५ सेकेण्डको समयमा दुरी पार गरी रजत पदक हात पारे ।

यता महिलातर्फ नेपाल पुलिस क्लबकी सुमित्रा कुमारी चौधरी ४ मिनेट ५८.३ सेकेण्डको समय लिंदै रजत र एपिएफ क्लबकी आशा रावत ५ मिनेट ३.८ सेकेण्डको समयमा पुरा गरी काश्य पदक जितिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close