विश्व टेस्ट च्याम्पियनसिप : फाइनलमा टस हारेर पहिला ब्याटिंग गर्दै अस्ट्रेलिया

पोखरा स्पोर्टस । आइसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल शुरु भएको छ । इङल्याण्डको लर्ड्स स्टेडियममा शुरु भएको यस खेलमा दक्षिण अफ्रिकाले टस जितेको छ ।

दक्षिण अफ्रिकाका कप्तान टेम्बा बाभुमाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका छन् । योसँगै अस्ट्रेलियाले पहिला ब्याटिंग शुरु गरेको छ ।

यस पटकको विश्व टेस्ट च्याम्पियनसिपमा अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दैछन् । २०२३ देखि २०२५ सम्मको विश्व टेस्ट च्याम्पियनसिप साइकलमा शिर्ष स्थानमा रहेको दक्षिण अफ्रिका र दोस्रो स्थानमा रहेको अस्ट्रेलिया फाइनलमा खेल्न लागेका हुन् ।

अस्ट्रेलियाको प्लेइङ ११ : पाट कमिन्स (कप्तान), उस्मान ख्वाजा, मार्नस लाबुस्चेन, क्यामरुन ग्रिन, स्टिभ स्मिथ, ट्राभिस हेड, ब्यू वेबस्टर, एलेक्स केरी (विकेटकिपर), मिचेल स्टार्क, नाथन लियोन र जोश हेजलवुड ।

दक्षिण अफ्रिकाको प्लेइङ ११ : टेम्बा बाभुमा (कप्तान), एडेन मार्करम, रायन रिकेलटन (विकेटकिपर), वियान मुल्डर, ट्रिस्टन स्टब्स, डेभिड बेडिङघम, काइल भेरिन, मार्को जानसेन, केशव महाराज, कागिसो रबाडा र लुंगी एन्गीडी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close