साउदी अरवियाले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने

पोखरा स्पोर्टस । अखिल नेपाल फुटबल (एन्फा) र साउदी अरेबिया फुटबल महासंघ (साफ) बीच फुटबल विकासका विभिन्न पक्षमा दुई वर्षे समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र साफ अध्यक्ष यासेर अलमिसेहालले आइतबार साउदी अरेबियामा भएको समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार दुवै पक्षले फुटबल खेलकुदको भ्रमणको निम्तो वा आयोजना गर्नेछन् । दुई टोलीबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र विभिन्न उमेर समूहका टोली (यू १७, यू २० र यू २३) का प्रशिक्षण शिविरहरु समेत सञ्चालन हुनेछन् ।

एन्फा र साउदी अरेबिया फुटबल महासंघले दुवै देशमा आयोजना हुने प्रतियोगिताका लागि रेफ्री विकास, रेफ्री शिक्षा, भीएआर सीप र रेफ्री नियुक्तिसम्बन्धी आदानप्रदान कार्यक्रमहरू पनि सञ्चालन गर्नेछन् ।

युवा फुटबलको विकासमा विशेषज्ञता स्रोत साझेदारीलाई प्रोत्साहन गर्न विभिन्न कार्यशाला, बैठक र सेमिनारहरू पनि सञ्चालन गरिने समझादारीपत्रमा उल्लेख गरिएको छ ।

एन्फा अध्यक्ष शेर्पा तिन दिन अघिबाट साउदी अरबको भ्रमणमा छन् । उनले शनिबार एएफसीका महासचिव डाटो विन्डसर जोन र उपमहासचिव वाहिद कर्दनीसँग समेत भेट गरेका थिए । बैठकले एन्फाका लागि प्राविधिक सहयोग कोष पुनः सञ्चालन गर्ने सहमति समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close