१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १२ लाख २९ हजार बचत, अक्षयकोषमा ३१ लाख

पोखरा स्पोर्टस । १९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १२ लाख २९ हजार ५११ रुपैयाँ बचत भएको छ ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी गराएको हो । गत फागनु ३ गते सम्पन्न पोखरा म्याराथनको आय–व्यय सार्वजनिक गर्दै मञ्चका कोषाध्यक्ष हरि बहादुर बरुवालले आम्दानी रु.९३ लाख ७० हजार ६८९े रुपैंया तथा रु.८१ लाख ४१ हजार १७७ रुपैंया ९३ पैसा खर्च भई १२ लाख २९ हजार ५११ रुपैंयाँ ७ पैसा बचत गर्न सफल रहेको जनाए ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा बचत भएको सो रकम हाल सम्मकै सर्वाधिक हो । कुनै बेला आर्थिक अभावका कारणका तीन–तीन पटक स्थगित पोखरा म्याराथनले कोभिड पछिका तीन वर्ष घाटा समेत ब्यहोरेको थियो ।

यस्तै पोखरा म्याराथनको प्रवर्धन, मासिक तथा साप्ताहिक दौड प्रतियोगिता र स्थानिय तहबाट प्रतिभावान् खेलाडी उत्पादन गर्ने उद्धेश्यले मञ्चले सुरू गरेको अक्षयकोष अभियानमा समेत ३१ लाख ५४ हजार २५६ रुपैयाँ ३३ पैसा संकलन भएको कोषाध्यक्ष बरुवालले बताए । सो अक्षयकोषमा देश विदेशमा छरिएर रहेका मञ्चका आजिवन सदस्य र दिवंगत आजिवन सदस्यका परिवारहरुबाट आफ्ना स्वर्गीय स्वजनको स्मृतिमा रकम प्रदान गरेका हुन् । सो अक्षयकोषमा मञ्चका आजिवन सदस्य तथा डायमण्ड बुद्घिष्ट सेन्टर यूकेका अध्यक्ष योगेश गुरूङले रकम प्रदान गरी सुरूवात गरेका थिए ।

अक्ष्यकोषमा रकम दिनेहरुको नामावली

सो अवसरमा मञ्चका अध्यक्ष दिल बहादुर गुरूङले पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन सहयोग गर्ने मुख्य प्रायोजक संस्था सुजल डेरी प्रालि, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका, नेपाल पर्यटन बोर्ड, नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद प्रति आभार व्यक्त गरेका छन् ।

त्यस्तै गैह्र आवासिय नेपाली संघ (अन्तराष्ट्रिय परिषद), कृषि विकास बैंक लिमिटेड, नेपाल पर्यटन बोर्ड, फ्रेण्डस् अफ पोखरा यू.एस.ए, एनसेल, पोखरेली मञ्च यू.के, तमु धिं यू.के, चन्द्र प्रकाश गुरुङ(अष्ट्रेलिया), बुद्य एयर, दि ब्रिटिस कलेज ,साहारा यू.के, एन.आई.एम.बि बैंक, ओमोडा ज्याको, प्रभु लाइफ महालक्ष्मी इन्स्योरेन्स, रोटरी डिस्ट्रीक्ट ३२९२, खड्ग बहादुर रानाभाट, बगर भाई खलक यू.के, हिमेक्स नेपाल, दुर्गा गुरुङ(यू.के), कुमुदिनी होम्स, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, प्याब्सन कास्की, एन प्याब्सन कास्की, हिसान कास्की, भाष्कर मेमोरीयल मा.वि, हिमालयन अटोमेशन होटल पार्टनरहरुमा होटल माउन्ट कैलाश, पोखरा ग्राण्ड, होटल पिस प्लाजा, बुमर्‍याङ्ग रेष्टुरेन्ट, मुग्लान बार एण्ड रेष्टुरेन्ट, एक्स स्टेप, केल्मी, टुडे मिनिरल वाटर लगायतका विभिन्न प्रायोजकहरु प्रति मञ्चले आभार प्रकट गरेको छ ।

२० औं सस्कणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०८२ फागुन २ गते शनिबारका दिन आयोजना हुने मञ्चले जानकारी  दिएको छ । मञ्चले २० औं सस्करणको लागि खेलाडी दर्ता प्रक्रिया समेत सुरू गरेको जनाएको छ ।  सम्पन्न १९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक विल्सन चेरियुयिटले जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close