जापानमा सम्मानित भए गण्डकी प्रदेश भलिबलका अध्यक्ष नविन र मोना आइसिसीका अध्यक्ष खड्का

पोखरा स्पोर्टस । नेपाल युथ स्पोर्ट्स क्लब (NYSC) जापानले खेलकुद तथा सामाजिक क्षेत्रमा उत्कृष्ट योगदान गर्ने दुई ब्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

दोस्रो NYSC कप पुरुष भलिबल प्रतियोगिताको अवसरमा सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको अध्यक्ष बसन्त थापाले जानकारी दिएका हुन् । जापानमा भलिबल खेललाई संरक्षण र संवर्द्धनका निम्ती योगदान पुर्‍याएको भन्दै मोना आइसिसीका अध्यक्ष ददिवल खड्का र गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नवीन गुरुङलाई सम्मान गरिएको छ ।

“खेलाडी मान होइन सम्मान हो, खेलकुद शान होइन हाम्रो पहिचान हो” भन्ने मुल नाराका साथ स्थापित नेपाल युथ स्पोर्ट्स क्लब NYSC जापानले दोस्रो NYSC कप पुरुष भलिबल प्रतियोगिता सम्पन्न गरेको थियो ।

पछिल्लो समय जापानमा भलिबल खेल खेल्ने खेलाडीको सङ्ख्यात्मत रुपमा अत्यधिक वृद्धि हुँदापनि प्रतियोगिताहरु सोचे अनुसारको प्रतिस्पर्धा हुन नसकेको अवस्थाको मध्यनजर गर्दै ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिता सम्पन्न गरीएको कार्यक्रम संयोजक केशव सुवेदीले जानकारी दिए ।

नेपाली भुमिमा रहेर भलिबल खेलिरहेका भलिबल खेलाडीहरुलाई खेल मैदानमा हुने दुर्घटना पश्चातको उपचार गर्न तथा दिर्घरोगी भलिबल खेलाडीहरुका लागि उपचारार्थ सहयोग गर्ने उद्देश्यले उक्त भलिबल प्रतियोगिता आयोजना भएको थियो ।

जापानमा विगत लामो समय देखि विभिन्न संस्था र क्लवहरुले खुल्ला तथा मैत्रीपुर्ण रुपमा भलिबल प्रतियोगिताहरु आयोजना गर्दै आईरहेको अवस्थामा NYSC क्लवले भने यसपटक अन्यहरुले भन्दा केहि फरक र नौलो प्रतियोगिता स्वरुप ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close