पोखरामा क्रिकेट अम्पायर तथा स्कोररहरूको कार्यशाला सम्पन्न

पोखरा स्पोर्टस । पोखरामा क्रिकेट अम्पायर तथा स्कोररहरूका लागि दुई दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ । कास्की जिल्ला क्रिकेट संघद्वारा आयोजित कार्यशालामा सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।

सहभागिहरूलाई कास्की क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, किडाशा प्रतिनिधि बसन्तराज पराजुली, पोखरा क्रिकेट एकेडेमीका अध्यक्ष बोविन कुंवरले प्रमाणपत्र वितरण गरे ।

सो अवसरमा बोल्दै  संघका अध्यक्ष सिग्देलले कार्यशालाले यूवा अम्याएर तथा स्कोररका लागि जनशक्ति उत्पादनका महत्वपूर्ण भूमिका खेलेको बताउँदै यस प्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिने बताए ।

एमसिसिको च्यारिटी संस्था किडाशा फाउन्डेशनको सहयोगमा सम्पन्न कार्यशालाको संयोजन पोखरा क्रिकेट एकेडेमीले गरेको थियो भने प्रादेशिक क्रिकेट संघ गण्डकीले प्राविधिक सहयोग गरेको थियो ।

सो कार्यशालामा कास्कीका २५ जनाको सहभागिता रहेको अध्यक्ष सिग्देलले जानकारी दिए । उनीहरुलाई इन्टरनेशनल अम्पायर समेत रहेको सिग्देल, राष्ट्रिय अम्यायर भोजराज बराल र स्कोरिङ सम्वन्धि आशिष बरालले प्रशिक्षण दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close