
पोखरा स्पोर्टस । चितवनमा महिला लक्षित मोटर रेसिङ सहितको र्याली हुने भएको छ ।
साहसिक खेलकुदमार्फत दिगो पर्यटन र महिला सशक्तिकरणको क्षेत्रमा महिला मोटर ¥यालीमार्फत चितवनको प्रवर्द्धन गर्न उक्त कार्यक्रम हुन लागेको हो । चैत्र २५ गते हुने उक्त कार्यक्रम बाग्मती प्रदेश अटोमोवाइल्स संघले आयोजना गरेको हो ।
भरतपुर–मेघौली–गोलाघाट–जगतपुर–पटिहानी–सौराह महिला मोटर र्यालीको कार्यक्रममा नेपाल र विश्वकै सन्दर्भमा अत्यन्तै साहसिक र पृथक पहिचान बोकेको मोटरस्पोर्ट्सको विधा स्पेशियल स्टेजसहितको टिडिएस र्याली समेत हुनेछ ।
कार्यक्रमका विजेताले शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै, स्पेसल स्टेजमा उत्कृट २ जनालाई अन्तर्राष्ट्रिय खेलमा सहभागिताको अवसर प्रदान गरिने छ । कार्यक्रममा ड्राइभर, नेभिगेटर, मार्शल, मेकानिक, मेडिकल र अन्य अपिसियल गरि १ सय जनाको सहभागीता रहनेछ ।
करिव ११ लाख ६० हजार कुल लागत अनुमान गरिएको कार्यक्रममा उद्यमी, ब्यवसायी तथा दर्ता शुल्क मार्फत बजेट ब्यबस्थापन गरिने बाग्मती अटोमोवाइल्स संघका अध्यक्ष राजन पियाले जानकारी दिएका छन् । त्यस्तै भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, चितवन अटोमोवाल्स डिलर एसोसिएशन, बागमती खेलकुद विकास परिषद, राष्ट्रिय खेलकुद परिषद, रेवान सौरहा सहयोगी संस्थाको रुपमा रहने छन ।
