
पोखरा स्पोर्टस । कास्की जिल्ला टेनिस संघले विद्यार्थीहरुलाई लक्षित गर्दै ‘समर टेनिस क्याम्प’ कार्यक्रम सुरु गर्ने भएको छ ।
‘लेट्स लर्न टेनिस’ भन्ने नाराका साथ यहि चैत्र १६ गतेबाट समर क्याम्प सुरु गर्ने भएको हो । करिव एक महिना सञ्चालन हुने ‘समर टेनिस क्याम्प’ अन्तर्गत वार्षिक परिक्षा दिएर बसेका बालबालिकालाई टेनिस प्रशिक्षण दिने उद्धेश्यका साथ मैदानमा ल्याउने तयारी गरिएको कास्की टेनिसका उपाध्यक्ष नविन श्रेष्ठले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।
“हाम्रो उद्धेश्य वार्षिक परिक्षा दिएर घर फुसर्दमा बसेका विद्यार्थी बाबुनानी हरुलाई टेनिस सिकाउने हो”, उपाध्यक्ष श्रेष्ठले भने– “यो हाम्रो वार्षिक कार्यक्रम हो ।” विद्यार्थीहरुलाई मोबाइलबाट टाढा राख्दै उनीहरुलाई पोखरा रंगशाला सम्म ल्याउनु रहेको जनाउँदै उनले भने–“हामी अभिभावकहरुलाई यो अभियानमा साथ दिन आग्रह गछौंं ।”
कास्की टेनिसले टेनिस विकासका लागि ग्रास रुट लेभलको प्रशिक्षण सुरुवात गर्ने योजना अनुरुप समर क्याम्पको कार्यक्रम अघि सारेको जनाउँदै समर क्याम्प अन्तर्गत ६ देखि १४ वर्ष भित्रका बालबालिका लाई प्रशिक्षण दिइने उनले जानकारी दिए ।
