छैटौं सृर्जना कप छात्र/छात्रा भलिबल चैत्र २६ गते देखि

पोखरा स्पोर्टस । छैटौं सृर्जना कप छात्र/छात्रा भलिबल यहि चैत्र २६ गते देखि २८ गते सम्म पोखरामा सञ्चालन हुने भएको छ ।

पोखरा ८ सिमलचौरस्थित सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयूक्त आयोजनामा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा हुने कास्कीका सामुदायिक विद्यालय लक्षित प्रतियोगितामा  कक्षा १२ सम्म अध्ययनरत विभिन्न विद्यालयका ५० भन्दा बढि विद्यालयहरुको सहभागिता हुने आयोजकले जनाएका छन् ।

प्रतियोगितामा छात्रतर्फ उपाधि बिजेताले नगद १ लाख र उपविजेताले नगद रु ६० हजार, तृतियले ३५ हजार तथा छात्रतर्फ बिजेताले ७५ हजार उपविजेताले नगद रु ५० हजार एवं तृतियले नगद रु २५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने कास्की जिल्ला भलिबल संघका अध्यक्ष विष्णु गुरूङले जानकारी दिएका छन् ।

त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट छात्र/छात्रालाई ट्रफीका साथमा नगद रु ५/५ हजार तथा अन्य विद्यागत उत्कृष्टहरुलाई एक–एक थान भलिबल प्रदान गरिने छ ।

सृजना विकास केन्द्रका अध्यक्ष विष्णु प्रसाद बरालका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिव ११ लाख ४९ हजार खर्च लाग्ने तथा प्रतियोगिताबाट १२ लाख ५० हजार आम्दानी भई १ लाख १ हजार बचत हुने जानकारी दिए । उक्त बचत रकम खेलकुद विकास र विस्तारका लागि खर्च गरिने आयोजकले जनाएको छ ।

पाँचौं सृजना कपको उपाधि छात्रातर्फ शान्त मावि र छात्रतर्फ ब्रम्हरुपा माविले जितेका थिए ।
फायल तस्विर

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close