
पोखरा स्पोर्टस । लामो समयको अन्तराल पछि पोखराका खेलप्रेमीहरूले देशभरका सर्वोत्कृष्ट एथलेटिक्स खेलाडीहरूको प्रदर्शन अवलोकन गर्न पाउने भएका छन् ।
राखेपले लामो समय सम्म नेपाल एथलेटिक्स संघको निर्वाचन गर्न नसकि एथलेटिक्स गतिविधि नै ठप्प रहेको अवस्थामा कास्की जिल्ला भने राष्ट्रिय खुल्ला एथलेटिक्स प्रतियोगिताको तयारीलाई जोडतोडका साथ सुरूवात गर्दै खेलप्रेमी र खेलाडीहरुलाई उत्साह भर्न कास्की जिल्ला एथलेटिक्स संघले यो अवसर जुराएको हो ।
कास्की जिल्ला एथलेटिक्स संघले यहि चैत्र २९ र ३० गते ‘पोखरा ओपन एथलेटिक्स मिट २०२५’ गर्ने भएको छ । संघका सचिब एवं प्रतियोगिताका संयोजक सिद्धान्त अधिकारीका अनुसार प्रतियोगिता पोखरा रंगशालामा आयोजना हुनेछ ।
प्रतियोगितामा ट्रयाकतर्फ महिला तथा पुरूष १०० मिटर, २०० मिटर, ४०० मिटर, १५०० र ५ हजार मिटर दौड तथा ४x१०० रिले रेस हुने छ भने फिल्डतर्फ हाइजम्प, लङ जम्प, ट्रिपल जम्प, सटपुट र ज्याभलिन थ्रोका प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सात प्रदेश, तीन विभागिय टोली, हिमालय इलिट रन क्लब संगै विभिन्न प्रशिक्षण क्लबका खेलाडीहरुको सहभागिता हुने अध्यक्ष गज बहादुर गुरूङले पोखरा स्पोर्टसलाई बताए ।
प्रतियोगिता बिजेता खेलाडीरूलाई नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । त्यसै गरी ‘वेष्ट मेन्स एथलिट’ र ‘वेष्ट उमेन्स एथलिट’लाई जनाही नगद रु १०–१० हजार प्रदान गरिने छ भने दुई जना राइजिङ एथलिटहरूलाई गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।
यो एथलेटिक्स प्रतियोगिता नवोैं राष्ट्रिय खेलकुद प्रतियोगिता पछिको ठूलो प्रतियोगिता समेत हो । देशकै ठूलो रंगशालामा ट्रयाक एण्ड फिल्डका प्रतियोगिताहरू नहुँदा अलपत्र देखिएको अवस्थामा यो प्रतियोगिताले स्थानिय खेलाडीलाई उत्साह भर्ने आयोजकले जनाएको छ ।

Pokhara 17 chhorepatan
Pokhara 17 chhorepatan